
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
भानु नगरपालिकामा मात्रै २० करोडभन्दा बढी र पाण्डे बसोबास गर्ने भानु–८ मा झण्डै ८ करोड रुपैयाँको योजना
पोखरा, १६ असार । आफ्नै गाउँमा अत्यधिक बजेट विनियोजन गरेको आरोप लागेपछि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे सरुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा फाजिलमा राख्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार सचिव पाण्डे अबदेखि मुख्यमन्त्री कार्यालयअन्तर्गत ‘जगेडा’मा रहनेछन्।
अगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणका क्रममा सचिव पाण्डेमाथि ‘पदीय प्रभाव’ प्रयोग गरेर आफ्नै गृहपालिका -तनहुँको भानु नगरपालिकामा, विशेषगरी वडा नं. ८ मा, अस्वाभाविक बजेट पार्ने प्रयास भएको आरोप लागेको थियो।
कारवाहीमा परेका सचिव पाण्डे तनहुँ जिल्लास्थित भानु नगरपालिका हुन् । पाण्डेले प्रक्रियाभन्दा बाहिर गएर योजनामा रकम विनियोजन गरेको, सांसदहरूको योजना काटेर अफ्नो पालिकामा बजेट थुपारेको लगायतका आरोप लागेको थियो ।
पाण्डेले आफ्नो पालिकामा चितिखोला महोत्सव, चितिखोला उपत्यका वृतचित्र निर्माण, रक क्लाईम्बिङ, क्यानोइङसम्बन्धी प्रचार प्रसार, बेलीब्रिज निर्माण, पर्यटन गन्तव्यहरूको प्रचार प्रसार, पार्क निर्माण, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन लगायतका दर्जनौ योजनामा ३५ कारोड हाराहारी विनियोजन गरेको आरोप छ ।
स्रोतका अनुसार बजेट निर्माणको क्रममा सचिव पाण्डेले मन्त्री गुरूङलाई मन्त्रालय छिर्न नदिने, मन्त्री आए आफुहरू काम छाडेर हिड्ने भन्दै धम्की दिँदै केही घण्टा काम बन्द गरेर मन्त्रालयबाटै समेत बाहिर निस्किएका थिए ।
सांसदहरूले “मन्त्री होइन, कर्मचारी हाबी भएका छन्” भन्दै असन्तोष पोखेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले “कर्मचारी हाबी भएको हो भने, त्यो गम्भीर विषय हो” भनेर जवाफ दिएका थिए।
तर, सचिव पाण्डेले भने आफूले अर्थ मन्त्रालयबाट कुनै योजना नथपेको र नघटाएको दाबी गर्दै आएका छन्। उनका अनुसार, स्थानीय तहहरूले आफ्ना आवश्यकता अनुसार मन्त्रालयमार्फत प्रस्ताव पेश गरेका योजनाहरू मात्र बजेटमा समावेश गरिएका हुन्।
गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट गत शुक्रबार प्रदेश सभाबाट पारित भइसकेको छ।
यस घटनाले प्रदेश सरकारभित्र नीति निर्माणमा देखिएको पारदर्शिता अभाव, कर्मचारीको प्रभाव र बजेट वितरणमा सम्भावित दुरुपयोगसम्बन्धी बहसलाई पुनः उजागर गरेको छ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण