
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ, १६ असार । देशभरको निरन्तर वर्षासँगै सम्भावित बाढी, पहिरो र विपद्को जोखिमलाई ध्यानमा राख्दै तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको हो।
आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद् बैठकले विपद् जोखिम न्यूनीकरणका लागि सेना, प्रहरी, स्थानीय प्रशासन तथा निजी क्षेत्रका हेलिकप्टरसम्म तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
हेलिकप्टरदेखि स्थानीय एफएमसम्म प्रयोग गर्ने तयारी
बैठकमा गृहमन्त्री रमेश लेखकले जोखिममा तत्काल उद्धार सम्भव हुने गरी सेना र निजी हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए। साथै, भारी वर्षा हुने स्थानहरूमा रातिको समयमा सवारीसाधन रोक्न तथा पूर्वसूचना नमान्नेमा कडाइ गरिने पनि स्पष्ट पारिएको छ।
गृहमन्त्री लेखकका अनुसार, सवारी सञ्चालन निषेध गरिएका क्षेत्रमा हुने दुर्घटनाको जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन र चेकपोस्टका प्रहरी प्रमुखले लिनुपर्नेछ।
सूचना व्यवस्थापनलाई प्राथमिकता
बैठकमा स्थानीय एफएम रेडियो, सामाजिक सञ्जाल र मौसम बुलेटिनमार्फत जोखिम क्षेत्रमा सूचनाको प्रभावकारी प्रसारण गर्न निर्देशन दिइएको छ। साथै, विपद् प्रभावित क्षेत्रमा तत्काल रिपोर्टिङ र उद्धारको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।
प्रधानमन्त्रीको जोड : सूचना प्रभावकारी होस्, तयारीमा कमी नहोस्
कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षायाममा नागरिकको जीवनरक्षा सर्वोपरि रहेको भन्दै कुनै पनि निकायले तयारीमा कमजोरी नगर्न निर्देशन दिए। उनले भने, “पूर्वसूचना प्रभावकारी बनाउन सकियो भने धेरै क्षति रोक्न सकिन्छ। त्यसैले सूचनाको व्यवस्थापन कडाइका साथ लागू गर्न आवश्यक छ।”
बर्षा अझै जारी, सतर्क रहन आग्रह
वातावरण विभागको अनुसार आगामी केही दिन अझै निरन्तर वर्षा हुने सम्भावना रहेकाले सबै नागरिकलाई सतर्क रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरिएको छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी