
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, २३ जेठ । पोखराका वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचन र स्याङ्जाको सिरुबारीकी सक्रिय युवा पर्यटन अभियन्ता उर्मिला गुरुङ ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’बाट सम्मानित भएका छन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले पोखरामा बिहीबार सातौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा उनीहरूलाई पुरस्कृत गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जनही १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरे । उनले पोखराको पर्यटकीय गतिविधि तारिफयोग्य रहेको बताउँदै यहाँको पर्यटकीय चेतनालाई देशभर लैजानुपर्नेमा जोड दिए । पर्यटनमा निजी क्षेत्रले नै धेरै लगानी गर्नुपर्ने भन्दै उनले सरकारले प्रवद्र्धनात्मक गतिविधिमा साथ दिने बताए ।
मुस्ताङमा जन्मिएका ८१ वर्षीय तुलाचन पोखराको पर्यटन इतिहासका पुराना पात्र हुन् । उनले पोखराको पर्यटनको सुरुआती समयमा ड्रयागन होटल सञ्चालन गर्दै पर्यटन क्षेत्रमा पाइला टेकेका थिए । पर्यटनसँगै सामाजिक तथा धार्मिक क्षेत्रमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । करिब ६० वर्षभन्दा बढी समयदेखि सक्रिय रहेर उनले यो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका छन् ।
नेपालको पहिलो होमस्टे स्याङ्जा सिरुबारीकी ३६ वर्षीया उर्मिला गुरुङ स्थानीय पर्यटन प्रवद्र्धनमा सक्रिय छिन् । उनले पोखराबाट गाउँ फर्किएर होमस्टे सञ्चालन, अतिथि सत्कार, सांस्कृतिक कार्यक्रम व्यवस्थापन लगायतका कामको नेतृत्व गर्दै आएकी छन् । उनले देशका विभिन्न स्थानमा होमस्टे व्यवस्थापन तालिम पनि दिँदै आइरहेकी छन् ।
पुरस्कारको अक्षय कोष निर्माणका लागि दिवंगत हुतराज श्रेष्ठकी पत्नी तुमला श्रेष्ठले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ५ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी थिइन् । हालै उनले कोषमा एक लाख रुपैयाँ थप गरिन् । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिनेछ ।
पर्यटन व्यवसायी सञ्जयकान्त सिग्देलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले पुरस्कृत हुने व्यक्तित्व छनोट गरेको हो । समितिमा पर्यटनविज्ञ टीकाराम सापकोटा, टेवान अध्यक्ष कमला गिरी, हुतराज श्रेष्ठको परिवारकातर्फबाट तुमला श्रेष्ठ, प्रभातराज श्रेष्ठ र प्रितमराज श्रेष्ठ सदस्य थिए ।
अधिवेशनले शोभा न्यौपाने पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा अनिता खड्का भट्टराई, महासचिवमा शोभा अधिकारी पौडेल, सचिवमा शान्ता सुवेदी तिमिल्सिना, कोषाध्यक्षमा शारदा लम्साल, वरिष्ठ सदस्यमा कमला गुरुङ र सदस्यमा मीना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की रहेका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी