
१पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
२३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
३वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
४गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
५पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
६गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
११रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
पोखरा, २३ जेठ । पोखराका वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचन र स्याङ्जाको सिरुबारीकी सक्रिय युवा पर्यटन अभियन्ता उर्मिला गुरुङ ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’बाट सम्मानित भएका छन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले पोखरामा बिहीबार सातौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा उनीहरूलाई पुरस्कृत गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जनही १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरे । उनले पोखराको पर्यटकीय गतिविधि तारिफयोग्य रहेको बताउँदै यहाँको पर्यटकीय चेतनालाई देशभर लैजानुपर्नेमा जोड दिए । पर्यटनमा निजी क्षेत्रले नै धेरै लगानी गर्नुपर्ने भन्दै उनले सरकारले प्रवद्र्धनात्मक गतिविधिमा साथ दिने बताए ।
मुस्ताङमा जन्मिएका ८१ वर्षीय तुलाचन पोखराको पर्यटन इतिहासका पुराना पात्र हुन् । उनले पोखराको पर्यटनको सुरुआती समयमा ड्रयागन होटल सञ्चालन गर्दै पर्यटन क्षेत्रमा पाइला टेकेका थिए । पर्यटनसँगै सामाजिक तथा धार्मिक क्षेत्रमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । करिब ६० वर्षभन्दा बढी समयदेखि सक्रिय रहेर उनले यो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका छन् ।
नेपालको पहिलो होमस्टे स्याङ्जा सिरुबारीकी ३६ वर्षीया उर्मिला गुरुङ स्थानीय पर्यटन प्रवद्र्धनमा सक्रिय छिन् । उनले पोखराबाट गाउँ फर्किएर होमस्टे सञ्चालन, अतिथि सत्कार, सांस्कृतिक कार्यक्रम व्यवस्थापन लगायतका कामको नेतृत्व गर्दै आएकी छन् । उनले देशका विभिन्न स्थानमा होमस्टे व्यवस्थापन तालिम पनि दिँदै आइरहेकी छन् ।
पुरस्कारको अक्षय कोष निर्माणका लागि दिवंगत हुतराज श्रेष्ठकी पत्नी तुमला श्रेष्ठले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ५ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी थिइन् । हालै उनले कोषमा एक लाख रुपैयाँ थप गरिन् । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिनेछ ।
पर्यटन व्यवसायी सञ्जयकान्त सिग्देलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले पुरस्कृत हुने व्यक्तित्व छनोट गरेको हो । समितिमा पर्यटनविज्ञ टीकाराम सापकोटा, टेवान अध्यक्ष कमला गिरी, हुतराज श्रेष्ठको परिवारकातर्फबाट तुमला श्रेष्ठ, प्रभातराज श्रेष्ठ र प्रितमराज श्रेष्ठ सदस्य थिए ।
अधिवेशनले शोभा न्यौपाने पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा अनिता खड्का भट्टराई, महासचिवमा शोभा अधिकारी पौडेल, सचिवमा शान्ता सुवेदी तिमिल्सिना, कोषाध्यक्षमा शारदा लम्साल, वरिष्ठ सदस्यमा कमला गुरुङ र सदस्यमा मीना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की रहेका छन् ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ