
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
पोखरा, २१ जेठ । नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा ‘प्रचण्ड कपः राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८२’ पोखरामा हुने भएको छ । तत्कालीन अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको भन्दैं भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पोखरामा बुधबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगितामा राष्ट्रियस्तरका ६ वटा प्रमुख टीम÷क्लबले भाग लिने गरी प्रतियोगिताबारे जानकारी गराईएको हो । अखिल नेपाल खेलकुद महासंघको सहआयोजना रहेको उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज कभर्डहलमा हुनेछ ।
नेपालका तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लब प्रतियोगितामा सहभागी हुने नेसनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।
‘प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्,’ एकेडेमीका अध्यक्ष कोइरालाले भने–‘प्रतियोगितामा तेस्रो हुने टीम÷क्लबले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।’ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार रुपैयाँ र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही बीस हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।
प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभिवीको नियमअनुसार राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ भने सहभागी टिममा विदेशी खेलाडीको हकमा ३ जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।
‘भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यसै खेलको प्रतियोगिता आयोजना गरि खेलाडीहरुको क्षमता पहिचान र प्रवद्र्धनमा एक कोसेढुङ्गा बनाउने विश्वास लिएका छौं,’ अध्यक्ष कोइरालाले पत्रकार सम्मेलनमा भने, ‘तत्कालीन प्रचण्ड सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले पनि भलिबलको विकास र व्यावसायिक उचाइमा पु¥याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं ।’
नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिवल खेलको विकासमा एउटा इटा थप्ने प्रयास स्वरूप यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष कोइरालाको भनाई थियो । आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको र फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरे ।
त्यस्तै, प्रतियोगिताको सह–आयोजना रहेको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले खेलकुद क्षेत्र देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने एकमात्र माध्यम भएकोले वृहत् खेलकुद महोत्सव आयोजनाको तयारीमा जुटिरहेको बताए ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट