
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा, २१ जेठ । नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा ‘प्रचण्ड कपः राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८२’ पोखरामा हुने भएको छ । तत्कालीन अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको भन्दैं भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पोखरामा बुधबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगितामा राष्ट्रियस्तरका ६ वटा प्रमुख टीम÷क्लबले भाग लिने गरी प्रतियोगिताबारे जानकारी गराईएको हो । अखिल नेपाल खेलकुद महासंघको सहआयोजना रहेको उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज कभर्डहलमा हुनेछ ।
नेपालका तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लब प्रतियोगितामा सहभागी हुने नेसनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।
‘प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्,’ एकेडेमीका अध्यक्ष कोइरालाले भने–‘प्रतियोगितामा तेस्रो हुने टीम÷क्लबले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।’ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार रुपैयाँ र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही बीस हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।
प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभिवीको नियमअनुसार राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ भने सहभागी टिममा विदेशी खेलाडीको हकमा ३ जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।
‘भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यसै खेलको प्रतियोगिता आयोजना गरि खेलाडीहरुको क्षमता पहिचान र प्रवद्र्धनमा एक कोसेढुङ्गा बनाउने विश्वास लिएका छौं,’ अध्यक्ष कोइरालाले पत्रकार सम्मेलनमा भने, ‘तत्कालीन प्रचण्ड सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले पनि भलिबलको विकास र व्यावसायिक उचाइमा पु¥याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं ।’
नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिवल खेलको विकासमा एउटा इटा थप्ने प्रयास स्वरूप यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष कोइरालाको भनाई थियो । आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको र फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरे ।
त्यस्तै, प्रतियोगिताको सह–आयोजना रहेको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले खेलकुद क्षेत्र देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने एकमात्र माध्यम भएकोले वृहत् खेलकुद महोत्सव आयोजनाको तयारीमा जुटिरहेको बताए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की