
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, २० जेठ । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग युजिसीको सहयोगमा “जलवायु परिवर्तनको असर र यसको रोकथाम” विषयक एक दिवसीय गोष्ठी क्याम्पसको सभाहलमा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले जलवायु परिवर्तनले मानव समाजमा गम्भीर असर पारेको चर्चा गर्दै रोकथामका लागि उपाय अवलम्बन गर्न क्याम्पसका शिक्षक र विद्यार्थीहरूमा चेतना अभिवृद्धिका लागि गोष्ठीको महत्व रहने बताए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले स्वागत मन्तव्य राख्दै वातावरण संरक्षणमा शिक्षण संस्था र विद्यार्थीको सक्रिय सहभागिताले जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याबारे समुदायमा सचेतना पुग्ने विश्वास गर्दै शिक्षा, अनुसन्धान र सामाजिक चेतनाको अभिवृद्धिमा निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विज्ञका रूपमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. सुवास अधिकारीले जलवायु परिवर्तनको वैज्ञानिक पृष्ठभूमि, विश्वव्यापीकरण, दक्षिण एसिया, नेपाल र गण्डकी प्रदेशको सन्दर्भमा यसको प्रभाव, असर र निवारणका उपायबारे विस्तृत जानकारी प्रस्तुत गर्दै भने, “जलवायु परिवर्तनको वास्तविक प्रभाव बुझ्न कम्तीमा ३० वर्षको तथ्याङ्कको विश्लेषण आवश्यक हुन्छ ।”
डा. अधिकारीले जनसंख्या वृद्धिदर, औद्योगिक विकास, हरितगृह ग्यास उत्सर्जन, बाढी, पहिरो, डुवान, अतिवृष्टि, अनावृष्टि, हिमालमा हिउँ पग्लनु, हिमनदी फुट्नु, तापक्रम वृद्धि, समुद्री सतह उकासिनु, वातावरणीय प्रतिकूलता जस्ता जलवायु सम्बन्धी असरहरूको तथ्यपरक विश्लेषणको प्रस्तुति राख्दै न्युनीकरण गर्ने उपाय र अनुकुलित कसरी हुने भन्ने बारेमा चर्चा गरेका थिए ।
उनले पेरिस सम्झौता, जलवायु वित्त, दीगो विकास लक्ष्य, तेस्रो ध्रुवको सन्दर्भ र जलवायु परिवर्तनमा नेपालको जोखिमयुक्त अवस्था, विश्वमा चौथो स्थानमा रहेको हुँदा रोकथामका लागि सामुदायिक क्याम्पस र विद्यार्थीको भूमिका अहम हुने बताए ।
कार्यक्रममा १ सय २५ जना शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । सहभागीका प्रश्न र जिज्ञासालाई डा. अधिकारीले सम्बोधन गरेको उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए । क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख नवीनराज खनालले गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम