
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पीडित बुढाले आफुलाई ज्यान मार्ने धम्की समेत दिदैं गुण्डागर्दी शैंलीमा आक्रमण गरेको हुनाले यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी तिमिल्सिनामाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् ।
जुम्ला, २० जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहकर्मी कुट्ने नहकुल तिमिल्सिनालाई कारवाहीको माग गर्दै अन्य कर्मचारीहरु आन्दोलित भएका छन् । जेठ १९ गते सोमबारका दिन इमरजेन्सी ल्यावको कार्यकक्षमा ड्युटीमा खटिई रहेका सन्तोष बुढामाथि नहकुल तिमिल्सिनाले कुटपिट गरेका थिए ।
चन्दनाथ नगरपालिका वडा नं. ३, जुम्ला घर भएका तिमिल्सिनाले इमरजेन्सी ल्यावको कार्यकक्षमा नैं अपमानपूर्ण शब्द प्रयोग गर्दै, ज्यान मार्ने धम्की दिदैं गुन्डागर्दी शैलीमा सन्तोषमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताए ।
कार्यस्थलमा कुटपिट भएपछि दोषीमाथि कारवाहीको माग गर्दै पीडित बुढासहित युवराज सापकोटा, अनिशा साह, सिता काफ्ले र संगिता कार्कीसहितले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत द्वन्द शाहीलाई निवेदन बुझाएका छन् । निवेदनमा यसप्रकारको व्यवहार कार्यस्थलको मर्यादा र सहकर्मीहरुमाथिको आपसी सम्मानविपरित मात्र नभई अपराधिक प्रकृतिको पनि हो भन्ने उल्लेख छ ।

प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामी : ‘घटनाका विषयमा अस्पताल प्रशासनसँग बुझेर समस्या समाधानको लागि पहल गर्छु ।’
तिमिल्सिनाले आफुलाई ज्यान मार्ने धम्की समेत दिदैं गुण्डागर्दी शैंलीमा आक्रमण गरेको हुनाले यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने माग पीडित बुढाले राखेका छन् । अन्य कर्मचारीहरुले अस्पताल भित्रैं गुन्डागर्दी शैलीमा भएको कुटपिटको घटनाले काम गर्ने वातावरण नभएको, आफूहरु असुरक्षित रहेको भन्दैं सुरक्षाको ग्यारेन्टीको माग पनि अस्पताल प्रशासनसँग गरेका छन् ।
यस घटनाका सम्बन्धमा अस्पताल प्रशासन प्रमुख द्वन्द शाहीले आज मंगलबार विहान ११ बजे अस्पतालमा दुबै पक्षलाई राखी घटनाको सत्यतथ्य बुझि अस्पतालको नियामानुसार कारवाही हुने जानकारी दिए । उनले भने–‘घटना के कसरी भएको रहिछ, सबै कुराहरु बुझेर, दुबै पक्ष राखी छानबिन गरेपछि दोषी को हो उसलाई नियामानुसार हामी कारवाही गर्छौं ।’
यस सम्बन्धमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले घटनाका विषयमा आफूलाई जानकारी नभएको तर यो विषयमा अस्पताल प्रशासनसँग बुझेर समस्या समाधानको लागि पहल गर्ने बताए ।
