
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा उनीहरूलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरिनेछ ।
पोखरा, १९ जेठ । पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट गण्डकी प्रदेशका दुई जना उदाहरणीय पर्यटनकर्मीहरू पुरस्कृत हुने भएका छन् ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङलाई ‘स्व. हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो। जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा उनीहरूलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरिनेछ ।
पोखरामा ड्रयागन होटल खोलेर पर्यटनमा होमिएका ८१ बर्से तुलाचन पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन्। विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाको स्थापना र नेतृत्व गरिसकेका उनले ६ दशकभन्दा लामो समयदेखि पर्यटनमा योगदान पु¥याउँदै आएका छन्। उनको योगदान अतुलनीय छ।
त्यसैगरी नेपालको पहिलो पर्यटन गाउँ स्याङ्जाको सिरुबारीमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएकी ३६ वर्षिया उर्मिला गुरुङ उदाहरणीय युवा हुन्। पोखराको सुविधायुक्त बसाइँ त्यागेर एक दशकदेखि उनी सिरुबारी गाउँमा फर्केर सबैको प्रेरणास्रोत बनेकी छिन्।
उनी अतिथि सत्कार, होमस्टे व्यवस्थापन, सांस्कृतिक कार्यक्रमलगायत कामको नेतृत्व गर्छिन्। त्यति मात्र होइन, मुलुकभित्रका विभिन्न गाउँमा होमस्टे व्यवस्थापन तालिमसमेत दिँदै आएकी छिन्।
पर्यटनविज्ञ सञ्जकान्त सिग्देलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्मान गर्ने निर्णय गरिएको हो। समितिमा टिकाराम सापकोटा, कमला गिरी, तुमला श्रेष्ठ, प्रभातराज श्रेष्ठ र प्रितमराज श्रेष्ठ छन्।
पुरस्कारको अक्षय कोषका लागि स्व. श्रेष्ठकी जीवनसाथी तुमलाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ५ लाख, ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी थिइन्। टेवानकी संस्थापक सदस्य उनले हालै कोषमा एक लाख रुपैयाँ थपेकी छिन्। यसकै ब्याजबाट बर्सेनी पुरस्कार दिइनेछ।
कर्मयोगीको सम्मानः कमला गिरी (अध्यक्ष, टेवान)
कमला गिरी (अध्यक्ष, टेवान)
हामी पहिलोपटक यो पुरस्कार हस्तान्तरण गर्दैछौं। यसपालि दुई जना प्रतिभालाई सम्मान गनेर्छौं। आगामी वर्षदेखि नेपालको पर्यटनमा उल्लेखनीय योगदान पु¥याउने मुलुकभित्रका एक जनालाई पुरस्कृत गर्दै जाने छौं। यसरी हामी कर्मयोगीको सम्मान गर्नेछौं।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन