
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
पोखरा, ६ जेठ । प्रहरीले पहिलोपटक प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर उडान गरेरनगरेको परीक्षण गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा विभिन्न माध्यमबाट प्याराग्लाइडिङ पाइलटहरूले मापसे र लापसे सेवन गरी उडान गर्ने गरेको भन्ने जानकारी आएपछि सोमबार प्याराग्लाइडिङ उडान हुने पोखरा २४ स्थित मान्द्रेढुंगा पुगेर प्रहरी, व्यवसायी र पाइलट क्लबका प्रतिनिधिसहितको टोलीले उनीहरूको परीक्षण गरेको हो।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया, वडा प्रहरी कार्यालय पोखरा-६ बैदामका प्रमुख सन्तोष निरौला, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी, नाका महासचिव बलराम आचार्यलगायतको टोलीले उनीहरूको मान्द्रेढुंगा पुगेर मापसे र लापसे परीक्षण गरेका थिए।
हामीलाई प्याराग्लाइडिङ पाइलटहरूले मापसे र लापसे सेवन गरी उडान गर्ने गरेको भन्ने सूचना एवं जानकारी विभिन्न माध्यमबाट आएपछि वास्तविकता के रहेछ भनेर छड्के परीक्षण गरेको बताए। सूचना एवं जानकारी धेरै आएपछि अवस्था के रहेछ भनेर बुझ्न आएका हौँ, यस क्रममा मान्द्रेढुंगामा उडानका लागि गएका ३९ जना पाइलटहरूको मादक प्रदार्थ सेवन गरेरनगरेको परीक्षणसँगै उनीहरूमध्येबाट १४ जनाको लागुप्रदार्थ सेवन गरेरनगरेको परीक्षण गरेको प्रहरी प्रमुख ओलियाले जानकारी दिए।
सो क्रममा एकजनाले मादक पदार्थसँगै लागुपदार्थ सेवन गरेको पायौँ र अन्य ३८ जनाले केही सेवन नगरेको भेटिएको ओलियाले जानकारी दिए। प्रहरीले उडानका लागि गएका पोखरा-२४ घर भएका विशालबहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा फेला पारेको हो। कुनै पनि पेसा व्यवसायको लागि सुरक्षा पहिलो प्राथमिकता हो, यसमा कसैले पनि खेलाँची गर्नुहुन्न भन्ने मेरो धारणा छ।
प्याराग्लाइडिङ उडान आफैँमा एक साहसिक उडान हो, यसलाई सुरक्षित र मर्यादित बनाएर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी हामी सबै लाग्न जरुरी रहेको उनले बताए। मापसे र लापसे गरेर उडान गर्दा हुन सक्ने सम्भावित दुर्घटनाका बारेमा समेत पाइलटहरूलाई जानकारी दिइएको ओलियाले बताए।
नाका अध्यक्ष केसीले आफूहरूले सुरक्षालाई पहिलो प्राथमिकता दिएर उडान गरिरहेको बताए । नागरिक उड्डयन प्राथिकरणले समेत वेला(वेलामा मापसे र लापसे परीक्षण गर्ने गरेको भए पनि प्रहरी आएर पहिलोपटक परीक्षणसँगै सुरक्षाका लागि अपनाउनुपर्ने विषयमा पाइलटहरूलाई जानकारी दिएकाले यसले आफ्नो पेसाप्रति पाइलटहरूलाई अझ जिम्मेवार र सुरक्षित बन्न सहयोग गरेको बताए।
हाल उडानलाई जिपिएस प्रणालीमा जडान गरिएकाले कसले कहाँ, कति उचाइमा उडान गरेको छ भन्ने सबै हेर्न मिल्ने केसीले जानकारी दिए। प्रत्येक वर्ष पाइलटको लाइसेन्स नवीकरणका क्रममा क्यानले उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको, नाले समेत सुरक्षाका लागि विभिन्न कार्यक्रम गर्ने गरेको केसीले जानकारी दिए।
पोखरामा लाइसेन्स लिएका चार सयभन्दा बढी पाइलट रहे पनि हाल दुई सय ७० जनाले उडान गर्ने गरेको केसीले जानकारी दिए। दैनिक सरदर दुई सयजनाले उडान गर्ने गरेको र एक उडानबापत आठ हजार पाँच सय शुल्क तोकिएको उनले जानकारी दिए।

१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी