
१पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
२३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
३वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
४गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
५पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
६गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
११रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, ६ जेठ । प्रहरीले पहिलोपटक प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर उडान गरेरनगरेको परीक्षण गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा विभिन्न माध्यमबाट प्याराग्लाइडिङ पाइलटहरूले मापसे र लापसे सेवन गरी उडान गर्ने गरेको भन्ने जानकारी आएपछि सोमबार प्याराग्लाइडिङ उडान हुने पोखरा २४ स्थित मान्द्रेढुंगा पुगेर प्रहरी, व्यवसायी र पाइलट क्लबका प्रतिनिधिसहितको टोलीले उनीहरूको परीक्षण गरेको हो।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया, वडा प्रहरी कार्यालय पोखरा-६ बैदामका प्रमुख सन्तोष निरौला, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी, नाका महासचिव बलराम आचार्यलगायतको टोलीले उनीहरूको मान्द्रेढुंगा पुगेर मापसे र लापसे परीक्षण गरेका थिए।
हामीलाई प्याराग्लाइडिङ पाइलटहरूले मापसे र लापसे सेवन गरी उडान गर्ने गरेको भन्ने सूचना एवं जानकारी विभिन्न माध्यमबाट आएपछि वास्तविकता के रहेछ भनेर छड्के परीक्षण गरेको बताए। सूचना एवं जानकारी धेरै आएपछि अवस्था के रहेछ भनेर बुझ्न आएका हौँ, यस क्रममा मान्द्रेढुंगामा उडानका लागि गएका ३९ जना पाइलटहरूको मादक प्रदार्थ सेवन गरेरनगरेको परीक्षणसँगै उनीहरूमध्येबाट १४ जनाको लागुप्रदार्थ सेवन गरेरनगरेको परीक्षण गरेको प्रहरी प्रमुख ओलियाले जानकारी दिए।
सो क्रममा एकजनाले मादक पदार्थसँगै लागुपदार्थ सेवन गरेको पायौँ र अन्य ३८ जनाले केही सेवन नगरेको भेटिएको ओलियाले जानकारी दिए। प्रहरीले उडानका लागि गएका पोखरा-२४ घर भएका विशालबहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा फेला पारेको हो। कुनै पनि पेसा व्यवसायको लागि सुरक्षा पहिलो प्राथमिकता हो, यसमा कसैले पनि खेलाँची गर्नुहुन्न भन्ने मेरो धारणा छ।
प्याराग्लाइडिङ उडान आफैँमा एक साहसिक उडान हो, यसलाई सुरक्षित र मर्यादित बनाएर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी हामी सबै लाग्न जरुरी रहेको उनले बताए। मापसे र लापसे गरेर उडान गर्दा हुन सक्ने सम्भावित दुर्घटनाका बारेमा समेत पाइलटहरूलाई जानकारी दिइएको ओलियाले बताए।
नाका अध्यक्ष केसीले आफूहरूले सुरक्षालाई पहिलो प्राथमिकता दिएर उडान गरिरहेको बताए । नागरिक उड्डयन प्राथिकरणले समेत वेला(वेलामा मापसे र लापसे परीक्षण गर्ने गरेको भए पनि प्रहरी आएर पहिलोपटक परीक्षणसँगै सुरक्षाका लागि अपनाउनुपर्ने विषयमा पाइलटहरूलाई जानकारी दिएकाले यसले आफ्नो पेसाप्रति पाइलटहरूलाई अझ जिम्मेवार र सुरक्षित बन्न सहयोग गरेको बताए।
हाल उडानलाई जिपिएस प्रणालीमा जडान गरिएकाले कसले कहाँ, कति उचाइमा उडान गरेको छ भन्ने सबै हेर्न मिल्ने केसीले जानकारी दिए। प्रत्येक वर्ष पाइलटको लाइसेन्स नवीकरणका क्रममा क्यानले उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको, नाले समेत सुरक्षाका लागि विभिन्न कार्यक्रम गर्ने गरेको केसीले जानकारी दिए।
पोखरामा लाइसेन्स लिएका चार सयभन्दा बढी पाइलट रहे पनि हाल दुई सय ७० जनाले उडान गर्ने गरेको केसीले जानकारी दिए। दैनिक सरदर दुई सयजनाले उडान गर्ने गरेको र एक उडानबापत आठ हजार पाँच सय शुल्क तोकिएको उनले जानकारी दिए।

१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ