
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
ऐतिहासिक आन्दोलनको स्मरणमा आज पनि जेठ १ गते लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने गरिएको अखिल (समाजवादी)का केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज प्रकाश बास्तोलाले जानकारी दिए ।
पोखरा, १ जेठ । ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (समाजवादी)ले बिहीबार सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल समाजवादीका केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज प्रकाश बास्तोलाले आजको दिनलाई ऐतिहासिक संघर्षको स्मरण गर्दै संघर्ष, बलिदान र एकताको प्रतीकस्वरूप हरेक वर्ष जेठ १ गते विद्यार्थी दिवस मनाउने परम्परा रहेको जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य एवम् कास्की जिल्ला इञ्चार्ज पुरन पुन, केन्द्रीय सदस्य अशोक महतार, कास्की जिल्ला अध्यक्ष केस घले र सहिद स्मृति माविका विद्यार्थीहरुले विद्यार्थी आन्दोलनको स्मरण गर्दै वृक्षरोपणमा सहभागी भएका थिए ।
वि.सं. २०२१ सालमा त्रिचन्द्र कलेजका विद्यार्थीहरूको नेतृत्वमा काठमाडौंका विभिन्न कलेजका विद्यार्थीहरू निरंकुश पंचायती व्यवस्थाविरुद्ध उभिएर व्यापक आन्दोलनमा उत्रेका थिए। तत्कालीन शासनप्रणालीका विरुद्धमा उठेको यो आन्दोलनले राष्ट्रको सार्वभौमिकता, राष्ट्रियता र विद्यार्थीका अधिकारका पक्षमा उल्लेखनीय हस्तक्षेप गरेको थियो ।
आन्दोलनको क्रममा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको पहलमा अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भएको थियो। सो सम्मेलनले विविध मागसहित संघर्षको रूपरेखा तय गरेको थियो । प्रमुख मागमा गोर्खा भर्ती केन्द्रको खारेजी, राष्ट्रघाती सन्धिहरूको अन्त्य, स्वतन्त्र विद्यार्थी युनियनको पुनःस्थापना र बन्दी विद्यार्थीहरूको रिहाइ रहेका थिए ।
सम्मेलनपछि जेठ १ गते विशाल विद्यार्थी ¥याली आयोजना गरिएको थियो। उक्त ¥यालीमाथि प्रहरीले बल प्रयोग गरेपछि झडपको स्थिति उत्पन्न भएको थियो । जसमा सयौं विद्यार्थी घाइते बनेका थिए भने एकसय ५०जना भन्दा बढी पक्राउ परेका थिए ।
झडपपछिको दवावस्वरूप सरकारले आन्दोलनकारीहरूको प्रमुख मागहरूमा सहमति जनाउँदै स्वतन्त्र विद्यार्थी युनियनको अधिकार पुनःस्थापना गर्नुका साथै थुनामा रहेका विद्यार्थीहरूलाई रिहा गर्न बाध्य भएको थियो।
त्यही ऐतिहासिक आन्दोलनको स्मरणमा आज पनि जेठ १ गते लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने गरिएको विद्यार्थी नेता बास्तोलाको भनाई थियो ।