
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
ऐतिहासिक आन्दोलनको स्मरणमा आज पनि जेठ १ गते लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने गरिएको अखिल (समाजवादी)का केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज प्रकाश बास्तोलाले जानकारी दिए ।
पोखरा, १ जेठ । ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (समाजवादी)ले बिहीबार सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल समाजवादीका केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज प्रकाश बास्तोलाले आजको दिनलाई ऐतिहासिक संघर्षको स्मरण गर्दै संघर्ष, बलिदान र एकताको प्रतीकस्वरूप हरेक वर्ष जेठ १ गते विद्यार्थी दिवस मनाउने परम्परा रहेको जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य एवम् कास्की जिल्ला इञ्चार्ज पुरन पुन, केन्द्रीय सदस्य अशोक महतार, कास्की जिल्ला अध्यक्ष केस घले र सहिद स्मृति माविका विद्यार्थीहरुले विद्यार्थी आन्दोलनको स्मरण गर्दै वृक्षरोपणमा सहभागी भएका थिए ।
वि.सं. २०२१ सालमा त्रिचन्द्र कलेजका विद्यार्थीहरूको नेतृत्वमा काठमाडौंका विभिन्न कलेजका विद्यार्थीहरू निरंकुश पंचायती व्यवस्थाविरुद्ध उभिएर व्यापक आन्दोलनमा उत्रेका थिए। तत्कालीन शासनप्रणालीका विरुद्धमा उठेको यो आन्दोलनले राष्ट्रको सार्वभौमिकता, राष्ट्रियता र विद्यार्थीका अधिकारका पक्षमा उल्लेखनीय हस्तक्षेप गरेको थियो ।
आन्दोलनको क्रममा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको पहलमा अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भएको थियो। सो सम्मेलनले विविध मागसहित संघर्षको रूपरेखा तय गरेको थियो । प्रमुख मागमा गोर्खा भर्ती केन्द्रको खारेजी, राष्ट्रघाती सन्धिहरूको अन्त्य, स्वतन्त्र विद्यार्थी युनियनको पुनःस्थापना र बन्दी विद्यार्थीहरूको रिहाइ रहेका थिए ।
सम्मेलनपछि जेठ १ गते विशाल विद्यार्थी ¥याली आयोजना गरिएको थियो। उक्त ¥यालीमाथि प्रहरीले बल प्रयोग गरेपछि झडपको स्थिति उत्पन्न भएको थियो । जसमा सयौं विद्यार्थी घाइते बनेका थिए भने एकसय ५०जना भन्दा बढी पक्राउ परेका थिए ।
झडपपछिको दवावस्वरूप सरकारले आन्दोलनकारीहरूको प्रमुख मागहरूमा सहमति जनाउँदै स्वतन्त्र विद्यार्थी युनियनको अधिकार पुनःस्थापना गर्नुका साथै थुनामा रहेका विद्यार्थीहरूलाई रिहा गर्न बाध्य भएको थियो।
त्यही ऐतिहासिक आन्दोलनको स्मरणमा आज पनि जेठ १ गते लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने गरिएको विद्यार्थी नेता बास्तोलाको भनाई थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम