
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
मुस्ताङ, १६ वैशाख । मुस्ताङमा पहिलो पटक याकचौरी दिवस, २०८२ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सरकारले हिमाली क्षेत्रमापालन गरिने याकचौरी पालकको मागलाई सम्बोधन गर्दै ७ वैशाखलाई राष्ट्रिय दिवस मनाउने मान्यता दिएसँगै मुस्ताङ पनि नौ दिन ढिलोगरी याकचौरी दिवस मनाउन सुरू गरिएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखोलामा मुस्ताङका याकचौरीपालक किसानको सङ्गठित संस्था हिमालयन चौरीपालन तथा संरक्षण समिति मुस्ताङले सोमबार जिल्लामा पहिलो पटक लोपोन्मुख हिमाली याकचौरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
दिवसलाई भव्यतापूर्वक मनाउन थासाङको घट्टेखोलास्थित याकचौरीको रगत खाने मेलाको सन्दर्भ जोडेर विभिन्न खेलकुद तथा नृत्यलगायत कार्यक्रम समावेश गरी याकचौरी महोत्सव आयोजना गरिएको हिमालयन चौरीपालन तथा संरक्षण समिति मुस्ताङका सचिव सोजन हिराचनले जानकारी दिनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा हिमालयन चौरीपालन तथा संरक्षण समितिले याकचौरी पालकलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमसहित परम्परागत तारा खेल प्रतियोगिता, डोरी तान्ने खेल प्रतियोगिता र नृत्य प्रतियोगिता आयोजना भएको हिमालय चौरीपालन तथा संरक्षण समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो ।
प्रथम याकचौरी दिवसका अवसरमा लगातार तीन पुस्तासम्म याकनाकपालन गर्दै आएका थासाङका कृष्णलाल भट्टचन र रमेश मगरलाई दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको छ । मुस्ताङमा सदियौँकालदेखि प्रचलनमा रहेको अचम्मको याकको रगत निकाल्ने प्रथालाई जीवन्तता दिँदै आएका आम्ची चन्द्रसिंह मगर, ईन्द्रसिंह मगर, ईन्द्रसिंह शेरचन, सकेन्द्र गौचन, पूर्णप्रसाद गौचन र आम्ची निलप्रसाद गौचनलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको हिमालयन चौरीपालन तथा सरक्षण समिति सचिव हिराचनले बताउँनुभयो ।
यसैगरी मुस्ताङमा सबैभन्दा ठूलो याकपालन गर्ने उत्कृष्ट किसानमध्ये थासाङ–५ कुञ्जोका याकचौरीपालक बुद्ध गौचनलाई पनि विशेष सम्मान गरिएको छ । सम्मान उत्कृष्ट पशुपालक किसान गौचनले ८ वर्ष उमेरको जम्बोयाक पालेका छन् । मुस्ताङमा आयोजित प्रथम याकचौरी दिवस तथा महोत्सवअन्तर्गत थासाङ गाउँपालिकाको वडास्तरीय परम्परागत तारा खेल प्रतियोगितामा लेते धम्पु प्रथम, कोवाङ दोस्रो र कुञ्जो तेस्रो भएका छन् । डोरी तान्ने प्रतियोगितामा आयोजक कोवाङ प्रथम दोस्रो स्थान टुकुचे विजेता भएका छन् ।
यसैगरी याकचोरी दिवसको महोत्सवमा नृत्यतर्फ आयोजक कोवाङ र दोस्रो कुञ्जो ताक्लुङ बिजेता बनेको समिति सचिव हिराचनले जानकारी दिनुभयो । यसअघि प्रथम जिल्लास्तरीय याकचौरी दिवसको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले उद्घाटन गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष गौचनले हिमाली क्षेत्रमापालन गरिने याकचौरीपालन व्यवसाय सङ्कटमा पर्दै गइरहेकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले याकचौरीको सुरक्षा दिगो उपयोगितामार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकुलन, जैविक विविधताको संरक्षण र हिमाली जीवन शैलीको सांस्कृतिक सशक्तीकरणमा योगदान पुर्याउने धारणा राख्नुभयो ।
पछिल्लो समय जलवायु सङ्कटका कारण हिमाली याकचौरीका लागि चरनक्षेत्र र खानीपानीको अभाव हुने गरेको र हिमाली उच्चलेकमा पालन गरिएका याकचौरीलाई वन्यजन्तुको जोखिम बढेको समितिका सचिव सोजन हिराचनले जानकारी दिनुभयो । मुस्ताङका पाँचवटै स्थानीय तहमा गरी चार हजार सात सयको सङ्ख्यामा याकचौरीपालन गरिएको छ । जसमध्ये मुस्ताङको थासाङमा हिमायन चौरीपालन तथा संक्षण उपसमितिका २२ घरधुरीको २२ वटा गोठमा ७ सय भन्द बढी याकचौरीपालन गरिएको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा