
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
दमौली (तनहुँ), ५ वैशाख । जिल्लाका कुमाल समुदाय संस्कृति संरक्षणमा जुटेका छन् । कुमाल समुदायको मौलिक संस्कृति पाउदुरे नाच संरक्षणका लागि कुमाल समुदाय कस्सिएका हुन् ।
जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार ७२७ रहेको कुमाल समाज नेपालका अध्यक्ष आलोक कुमालले जानकारी दिनुभयो । पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको कुमालले बताउनुभयो ।
संस्कृति संरक्षण अभियानअन्तर्गत पाउदुरे नाचको पुस्ता हस्तान्तरण गर्न लागिएको उहाँको भनाइ छ । व्यास नगरपालिका–९ कलेस्तीस्थित कुमाल गाउँमा आगामी वैशाख १५ देखि २१ गते पाउदुरे नाच पुस्ता हस्तान्तरणको तयारी गरिएको छ । कुमालले भन्नुभयो, “मौलिक संस्कृति जोगाउनुपर्छ भनेर अहिलेका पुस्तालाई यसका बारेमा जानकारी दिने मुख्य उद्देश्य हो ।”
कुमाल समुदायको मौलिक नृत्य पाउदुरे तनहुँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नचाउने गरिन्छ । कुमालका अनुसार यो नाचको आफ्नै छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव छैन । उहाँले भन्नुभयो, “यो नाचका विभिन्न चरण हुने गर्दछ । यो गीतको मिठास महसुस गर्नका लागि गहिरिएर सुन्नुपर्छ जसमा रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर यो नाच नचाइने गरिन्छ ।”
रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । गीतको शैली फरक–फरक भएता पनि भाव एउटै हुन्छ ।
घिरिङ गाउँपालिकामा दसैँतिहारका अवसरमा अहिले पनि यो नाच नचाउने गरिन्छ भने व्यासको कलेस्तीको कुमाल गाउँमा भने विस्तारै यो लोप हुने अवस्थामा पुगेको छ । कुमाल समुदायको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा आफ्नो परिवार पाल्नका लागि विभिन्न कालखण्डमा खेतीपातीलगायत जागिर, वैदेशिक रोजगारी आदिको सिलसिलामा जीविकोपार्जन गरिरहेको समुदायले खासगरी आफ्नो मौलिक संस्कृतिमा खासै ध्यान दिएको पाइँदैन ।
कुमाल समुदायको मौलिक संस्कृतिलाई उजागर गर्न र युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न कार्यक्रमको तयारी गरिएको कुमालको भनाइ छ । उहाँले भन्नुभयो, “संस्कृति संरक्षणका लागि यो कदमले तनहुँमा बसोबास गर्ने कुमाल समुदायको आफ्नो मौलिक संस्कृति पक्कै पनि संरक्षण हुने विश्वास लिइएको छ ।”
कुमाल समुदायको मौलिक संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणका लागि सामाजिक विकास कार्यालयले सहयोग गरेको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुमाल समुदायको मौलिक संस्कृति संरक्षण गर्न समुदायको बीचमा कार्यक्रम गर्दा उपयुक्त हुने भएकाले कुमाल गाउँमा नै कार्यक्रम तय गरिएको छ ।”
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ