
१ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
२एमालेका महेश बस्नेतको लज्जास्पद हार
३पर्वतमा रास्वपाका सागर भुसाल विजयी
४तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
५रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
६कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
७झापा ५ मा बालेनको अग्रता
८भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
९काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१०म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
११रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
१२मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
केदार मगर, खोटाङ, २ वैशाख । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव२०८२’ सुरु भएको छ । विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो ।
दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन् ।
नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीय उत्साहित भएका छन् । महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कार–संस्कृति झल्कने झाँकी प्रदर्शनमा स्वतःस्फूर्त सहभागी भएका नगर कार्यालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थशास्त्री हरि रोका, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासनका प्रमुख तथा प्रतिनिधि, चर्चित नायक दयाहाङ राई, रेडपाण्डा तथा थारका अनुसन्धानकर्तालगायत व्यक्तिको उपस्थिति थियो ।
महोत्सवको औपचारिक उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले पानसमा बत्ती बालेर गर्नुभएको छ । महोत्सव उद्घाटन कार्यक्रमका वक्ताहरूले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको समेत शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “किराँत उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङबाट रूपाकोटबाट बगरे भञ्ज्याङ, सिकुरी भञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामकरण गरिएको छ ।
“यो मार्गको औपचारिक शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का सद्भावनादूत एवं अभिनेता दयाहाङ राईले गर्नुभएको छ”, उहाँले भन्नुभयो, “महोत्सवले नगरपालिकाको पर्यटन प्रवर्द्धन तथा नगरवासीको आयस्रोत वृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ । ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को प्रवर्द्धन तथा विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।”
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी खण्डको पर्यटकीयस्थल हुर्लुङमा आयोजित महोत्सवमा हजारौँको सहभागिता रहेको छ । जिल्लामा पहिलो पटक हुर्लुङमा आयोजना गरिएको रेडपाण्डा तथा थार महोत्सवमा राखिएका विभिन्न जातजातिको कक्षहरुमा तस्वीर तथा भिडियो खिच्नेको घुइँचो लागेको छ ।
सरकारले निर्धारण गरेको एक सय वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को औपचारिक रूपमा शुभारम्भ गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो ।
“करिब तीन दिनको यात्रामा पूरा हुने उक्त रुट शुभारम्भ कार्यक्रमको पहिलो दिन अतिथिहरूसहित रुपाकोट पुगेर बास बस्ने र जुहारी खेल्ने कार्यक्रम राखेका छौँ । रुपाकोट आफैँमा पर्यटकीय क्षेत्र हो”, उहाँले भन्नुभयो, “समुन्द्री सतहबाट करिब दुई हजार ६०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल रुपाकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला, सूर्योदयको दृष्य, तराईका मनोरम फाँटहरू प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । ती मनोरम दृष्यहरू आज बिहानै अवलोकन गर्नेछौँ ।”
गत पुसमा औपचारिक रुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत छ ।
भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घसंस्थाले विभिन्न महोत्सवहरू आयोजना गर्ने तयारी गरेका छन् । उपप्रमुख राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेका हुन् ।
भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेका उहाँले जानकारी दिनुभयो । दुई जिल्लाका स्थानीय तहले आआफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगै मुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको उहाँको भनाइ छ ।
खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यका रूपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन र नेपालीका लागि १० दिन लाग्ने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल