
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
३रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
४रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
दमौली । तनहुँको भानु नगरपालिका–३ खहरेमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । सत्चालीस रोपनी क्षेत्रफलमा नगरस्तरीय औद्योगिक ग्राम बनाउनका लागि सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ ।
नगरपालिकामा बसोबास गर्ने कृषकले उत्पादन गर्ने स्थानीय उत्पादन धान, मकै, कुखुरा बाख्रालगायत उत्पादनसँग जोडिएका वस्तुको बजारीकरणका लागि ग्राम स्थापना गर्न लागिएको हो । कृषक र उपभोक्ताबीच उत्पादन वस्तु खरीदबिक्रीका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
आर्थिक वर्ष ०७७/७८ को बजेटबाट खर्च हुने गरी हालका लागि रु एक करोड बजेट विनियोजन गरिएको र आवश्यकतानुसार बजेट थप निकासा हुने सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । कृषकद्वारा उत्पादित वस्तुको बिक्रीका लागि सहज वातावरण बनाउने र खरीद गर्ने उपभोक्ताले एकै ठाउँबाट सामान खरीद गर्ने भएमा कृषकलाई बजारीकरणका लागि समस्या नहुने सासंद श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि तनहुँका बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा पनि पालिकास्तरीय औद्योगिक ग्राम निर्माणको प्रक्रिया शुरु भएको छ । स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी यस्ता उद्योगको स्थापना, विकास र प्रबद्र्धन गर्दै रोजगारी सिर्जनाका माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउन छरिएर रहेका साना उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम ल्याएको थियो ।
औद्योगिक ग्राम घोषणा भइसकेपछि सो क्षेत्रमा गर्नुपर्ने योजना, पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा सहयोग र सहकार्य गर्न आवश्यक देखिएमा विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वय र सहमतिमा कार्यक्रम सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन