
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
गोरखा, १३ माघ । सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरुआत गरिएको छ । गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।
“विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत ‘विद्यालय च्याउखेती कार्यक्रम’मार्फत सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालेको उपाध्यक्ष तिवारीको भनाइ छ । “प्रत्येक विद्यालयका एक–एक जना शिक्षकलाई च्याउखेतीका लागि तालिम दिएर पठाइएको छ”, उहाँले भन्नुभयो, “त्यस्तै च्याउखेतीका लागि आवश्यक बीउलगायत अन्य आवश्यक सामग्री पनि विद्यालयलाई अनुदानमा उपलब्ध गराइएको हो ।”
गत वर्ष परीक्षणका रूपमा आठवटा विद्यालयमा गरिएको च्याउखेती सफल भएपछि यस वर्षदेखि अन्य विद्यालयमा पनि च्याउखेतीलाई विस्तार गर्न लागिएको हो । “विद्यालयले उत्पादन गरेको च्याउ दिवा खाजामा प्रयोग गरेर पनि बढी हुने अवस्था आए बजारमा बिक्री गर्ने योजनामा छौँ,” उपाध्यक्ष तिवारीले भन्नुभयो, “यसबाट विद्यालयको आयआजर्न पनि बढ्ने छभने बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउनेछन् ।”
च्याउखेतीलाई प्रोत्साहनका लागि सबैभन्दा धेरै उत्पादन गर्ने विद्यालयलाई पुरस्कार दिने व्यवस्था गरिएको उहाँको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले चालु आवका लागि रु एक लाख बजेट विनियोजन गरेको जनाएको छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार