
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, १५ पुसः पुुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो माग बढ्छ । पुस १५ मा त टिनभरी बोकेर ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै हिँड्ने प्रचलन यस क्षेत्रको छुट्टै संस्कृति जस्तै बनिसकेकोे थियो ।
यातायातको सुविधासँगै बढ्दो बजारीकरणले घरघरमा पुगी खुदो बेच्ने चलन लोप जस्तै बनेपनि यहाँको खुदोको माग भने झन्–झन् बढ्दो छ । उखु उत्पादनको आकर्षणलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता वडा नं ३२ को मालेपाटन ढोडबेँसी क्षेत्रलाई उखु पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।
महानगरपालिकाले उखु पकेट क्षेत्रका रुपमा यस क्षेत्रमा विभिन्न किसिमका प्रोत्साहन सहयोग गरिरहेको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । “हामीले यस क्षेत्रमा उखु खेतीको आकर्षण एवं सम्भावनालाई दृष्टिगत गरी तीन वर्षयता उखु पकेट क्षेत्र घोषणा गरेका छौँ”, उहाँले भन्नुभयो, “पकेट क्षेत्रअन्तर्गत यस क्षेत्रमा कृषकलाई प्रतिरोपनी रु एक हजार पाँच सय दरले प्रोत्साहन रकम प्रदान गरिएको छ भने उखु पेल्ने मेसिन खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ । यहाँको खुदोको पहिचानलाई हराउन नदिन प्याकेजिङ, ब्राण्डिङ, प्रयोगशाला परीक्षण आदिमा सहयोग गरिएको छ ।”
मालेपाटन ढोडबेँसीको खुदो उत्पादनको इतिहासलाई जगेर्ना गर्दै कृषकलाई थप उत्प्रेरित गर्न महानगरका कृषि विकास शाखा एवं व्यवसाय प्रवर्द्धन केन्द्रले खुदो मेला आयोजना गरेका केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
मेलाका अवसरमा खुदो खाने प्रतियोगिता, सबैभन्दा राम्रो व्यापारिक कक्ष (स्टल) लाई पुरस्कार, उखु उत्पादक कृषकलाई सम्मानसँगै तातो खुदो खान पाउने व्यवस्था गरिएको थियो । मेलाका अवसरमा राम्रो व्यवस्थापनसहित धेरै क्षेत्रफलमा उखु उत्पादन गर्ने उत्कृष्ट कृषकहरू तुुलसी तिमल्सिना, पूर्णबहादुर धमला, रामचन्द ओझा र लोकनाथ अधिकारीलाई महानगरपालिकाका तर्फबाट पहिलो, दोस्रो, तेस्रो र चौथो पुरस्कार स्वरुप क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु तीन हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै खुदो खाने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने क्रमश: रञ्जन सुवेदी, गुरुदत्त पराजुुली, बाबुराम पौडेल र शेखरनाथ लामिछानेलाई पुरस्कृत गरिएको थियो । उहाँहरूलाई क्रमशः चार लिटर, तीन लिटर, दुई लिटर र एक लिटर खुदो प्रदान गरी पुरस्कृत गरिएको थियो ।
मेलाका अवसरमा सहभागीलाई तातो खुदोको स्वाद चखाइएको थियो भने विभिन्न व्यापारिक कक्षमार्फत खुदो किनेर लैजाने व्यवस्था गरिएको थियो । मेलामा उखु उत्पादक कृषक मीना धमलाले उखुबाटै बनाइएको बाला, मालाका साथै छड्के तिलहरी आदि गरगहना लगाएर आकर्षणको केन्द्र बन्नुभएको थियो । उखु खेतीबाटै आँफू आत्मनिर्भर बनेको र यसैका माध्यमबाट गरगहना समेत किन्ने भएकोले प्रतिकात्मक रुपमा उखुबाट गरगहना बनाएर लगाएको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले कृषकलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । महानगरपालिकाले उत्पादनमा जोड दिएको बताउँदै उहाँले उत्पादनमा आधारित अनुदानमा जोड दिँदै त्यसमार्फत उत्पादनकै माध्यमबाट रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने योजनामा महानगर रहेको बताउनुभयो ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक वासु रेग्मी, पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्क्लबहादुर कार्की लगायतले मालेपाटन ढोडबेसी क्षेत्रको उखुु खेतीको इतिहास र सम्भावनालगायत विषयमा आ आफ्ना धारणा राख्नुुभएको थियो ।
बुढापाकाहरूका अनुसार दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन थियो । उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै अझै व्यावसायिक बनाउनेतर्फ जोड दिइएको स्थानीयवासी बताउँछन् ।
नेपाली संस्कृतिअनुसार पुस १५ मा लट्टे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले यस अवधिमा निकै माग हुने गर्दछ । उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको स्थानीयवासी महेश्वर पौडेलले बताउनुभयो ।
व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालन पनि गर्दै आएको छन् । मालेपाटन र ढोडबेँसी क्षेत्रमा रु एक करोड बराबरको कारोबार हुने गरेको छ ।
विगतमा यस क्षेत्रमा रैथाने, काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई विसं २०५० मा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ