
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ३ पुस । गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो संस्करणको ‘कुलपति रनिङ शिल्ड विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता’को उपाधि पोखरा-१४ स्थित सहिद स्मृति विद्यालयले जितेको छ ।
यही मङ्सिर २९ गतेदेखि पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगिताको आज बुधबार फाइनल खेलमा स्टेपवाई स्टेप माविलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सहिद स्मृति विद्यालय च्याम्पियन बन्यो ।
उपाधि विजेता सहिद स्कुलले नगद रू एक लाखका साथमा रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेता बन्न सफल स्टेपवाईले नगद रू ५० हजार पुरस्कार प्राप्त गर्यो ।
यसअघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चक खेलमा दुवै विद्यालयले समान २–२ गोल गरेका थिए । सहिद स्कुलका लागि सरून सुनार र केशबहादुर रोका मगरले गोल गरे । स्टेपवाईका निराजन मगर र कुञ्ज पौडेलले गोल गरेका थिए ।
निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवैतर्फबाट थप गोल हुन सकेन ।
पेनाल्टी सुटआउटमा स्टेपवाई स्टेपले दुई गोल गर्यो भने सहिद स्कुलले चारवटै प्रहारमा गोल गर्दै उपाधि चुम्न सफल भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सहिद स्कुलका गोलरक्षक केशबहादुर रोक्का मगर बनेका छन् । उनले ट्रफीसहित नगद रू १५ हजार प्राप्त गरे ।
प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरूङ, उपकुलपति प्रा डा देवकोटा, विश्वविद्यालयका, रजिस्ट्रार डा कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरूङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा २३ विद्यालयका टिम सहभागी थिए । गण्डकी विश्वविद्यालयले स्नातक तहमा देशमै पहिलोपटक ‘स्पोर्टस् म्यानेजमेन्ट’ विषय अध्यापन गराउँदै आएको छ ।