
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
दोधारा चाँदनी (कञ्चनपुर), ८ मङ्सिर । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।
महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु ३०/३० हजारसहित सम्मान गरेको हो । त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई रु ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई रु ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गर्नुभयो ।
खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताउनुभयो । “प्रदेश सरकारले खेलकुदको विकासका लागि पूर्वाधार विकासमा पहल गर्छ”, उहाँले भन्नुभयो, “हाम्रो यहाँ पूर्वाधारको अभावमा पनि खेलाडीहरुले धेरै मेहनत गरेकाले अब सरकार पूर्वाधार विकासमा लाग्छ ।”
जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताउनुभयो । “खेलाडीहरुको विकासका लागि क्रिकेट सङ्घले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ”, अध्यक्ष चन्दले भन्नुभयो, “कञ्चनपुरका थुप्रै खेलाडीले राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।”
उहाँले खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । “यहाँ ठूलो प्रतियोगिता सञ्चालन गर्नका लागि राम्रो खेलमैदान छैन्, स्थानीय कबर्ड हलमा प्रतियोगिता गराउनुपर्छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ ।”
होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताउनुभयो । गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट