
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौँ । वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको शालिक गोकर्णेश्वर नगरपालिका वडा नं.९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्राङ्गणमा अनावरण गरिएको छ । विकलको ९२ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उहाँको पूर्ण कदको शालिक अनावरण गर्नुभयो । नगरपालिकाको रु १५ लाख आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलले सो शालिक बनाउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले साहित्य विकासका लागि नगरपालिकाले गत वर्ष जस्तै चालु आर्थिक वर्षमा बृहत् साहित्यिक कार्यक्रमका लागि बजेट विनियोजन गरिएको र आगामी दिनमा पनि नगरपालिकाका साहित्यिक संस्थाको सुदृढीकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नगर उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, विकलका ज्येष्ठ सुपुत्र एवं प्रतिष्ठानका महासचिव विजय चालिसे, डा विदुर चालिसे, शान्ति रिसाल, विकलका कनिष्ठ पुत्र महेन्द्र चालिसे, भैरव अर्याल पुरस्कार गुठीका विमल अर्याललगायतले विकलको साहित्यिक व्यक्तित्वको चर्चा गर्नुभएको थियो ।
विकलले साहित्यसँगै संगीत, चित्रकला तथा समाजसेवामा समेत योगदान दिनुभएको छ । विकलको स्मृतिलाई चिरस्थायी बनाउन विसं २०६३ मा उहाँ जीवित हुँदै प्रतिष्ठान स्थापना गरिएको हो । विकलले आफू बसेको घरसमेत प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो । विसं २०७२ को भूकम्पले भत्किएको भवन पुनःनिर्माण गरी पुस्तकालय र सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।
सोही अवसरमा अभिनव साहित्य समाजले आयोजना गरेको विकल बाल प्रतिभा कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा क्रमश: विभूति अधिकारी, इन्दिरा थापा र सदिष्मा अधिकारी पहिला, दोस्रा र तेस्रा भएका थिए । यसअघि आरुबारी चोकमा रहेको चालिसेको अर्धकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीसहित स्थानीय बुद्धिजीवी तथा साहित्यप्रेमीले माल्यार्पण गरेका थिए ।
शान्ति समाजबाट स्रष्टा सम्मान
मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा पाँच जिल्लामा स्रष्टा सम्मान गरेको छ । समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ती स्रष्टालाई सम्मान गर्नुभयो । विसं २०७७ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान अशेष मल्ल, पवित्रादेवी चौलागाईँ मानवअधिकार स्रष्टा सम्मान आहुति, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान व्याकुल माइला, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रमोद प्रधान, जोगमाया बराल स्रष्टा सौगात ज्ञानुवाकर पौडेल र भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाहीलाई प्रदान गरियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टालाई अन्य पाँच सामाजिक संस्थाका तर्फबाट समेत सम्मान गरिएको थियो । सो अवसरमा वरिष्ठ नेता पौडेलले महाकवि देवकोटाको साहित्य जनताको मनमा बसेको बताउँदै नीति, सिद्धान्त र आदर्शको राजनीति हराउँदै गएका विषयलाई पनि साहित्यमा प्रस्तुत गरिनुपर्ने सुझाव दिनुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव