
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ । वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको शालिक गोकर्णेश्वर नगरपालिका वडा नं.९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्राङ्गणमा अनावरण गरिएको छ । विकलको ९२ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उहाँको पूर्ण कदको शालिक अनावरण गर्नुभयो । नगरपालिकाको रु १५ लाख आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलले सो शालिक बनाउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले साहित्य विकासका लागि नगरपालिकाले गत वर्ष जस्तै चालु आर्थिक वर्षमा बृहत् साहित्यिक कार्यक्रमका लागि बजेट विनियोजन गरिएको र आगामी दिनमा पनि नगरपालिकाका साहित्यिक संस्थाको सुदृढीकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नगर उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, विकलका ज्येष्ठ सुपुत्र एवं प्रतिष्ठानका महासचिव विजय चालिसे, डा विदुर चालिसे, शान्ति रिसाल, विकलका कनिष्ठ पुत्र महेन्द्र चालिसे, भैरव अर्याल पुरस्कार गुठीका विमल अर्याललगायतले विकलको साहित्यिक व्यक्तित्वको चर्चा गर्नुभएको थियो ।
विकलले साहित्यसँगै संगीत, चित्रकला तथा समाजसेवामा समेत योगदान दिनुभएको छ । विकलको स्मृतिलाई चिरस्थायी बनाउन विसं २०६३ मा उहाँ जीवित हुँदै प्रतिष्ठान स्थापना गरिएको हो । विकलले आफू बसेको घरसमेत प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो । विसं २०७२ को भूकम्पले भत्किएको भवन पुनःनिर्माण गरी पुस्तकालय र सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।
सोही अवसरमा अभिनव साहित्य समाजले आयोजना गरेको विकल बाल प्रतिभा कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा क्रमश: विभूति अधिकारी, इन्दिरा थापा र सदिष्मा अधिकारी पहिला, दोस्रा र तेस्रा भएका थिए । यसअघि आरुबारी चोकमा रहेको चालिसेको अर्धकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीसहित स्थानीय बुद्धिजीवी तथा साहित्यप्रेमीले माल्यार्पण गरेका थिए ।
शान्ति समाजबाट स्रष्टा सम्मान
मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा पाँच जिल्लामा स्रष्टा सम्मान गरेको छ । समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ती स्रष्टालाई सम्मान गर्नुभयो । विसं २०७७ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान अशेष मल्ल, पवित्रादेवी चौलागाईँ मानवअधिकार स्रष्टा सम्मान आहुति, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान व्याकुल माइला, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रमोद प्रधान, जोगमाया बराल स्रष्टा सौगात ज्ञानुवाकर पौडेल र भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाहीलाई प्रदान गरियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टालाई अन्य पाँच सामाजिक संस्थाका तर्फबाट समेत सम्मान गरिएको थियो । सो अवसरमा वरिष्ठ नेता पौडेलले महाकवि देवकोटाको साहित्य जनताको मनमा बसेको बताउँदै नीति, सिद्धान्त र आदर्शको राजनीति हराउँदै गएका विषयलाई पनि साहित्यमा प्रस्तुत गरिनुपर्ने सुझाव दिनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप