
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
४कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
५गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
६टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
७घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
८पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
९चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
१०२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
पोखरा, २२ कात्तिक । सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको चरित्रहत्या गरेको जनाएको छ । कास्की जिल्लाभरि कैं सहकारी पीडितहरुको नेतृत्व गरेका श्रेष्ठलाई बदनाम गराएर संघर्ष समितिबाट हटाउन सके ठगहरुलाई चलखेल गर्न सजिलो हुने भन्दैं पटक–पटक श्रेष्ठमाथि झुटो आरोप लगाएर चरित्रहत्या र बदनाम गर्ने काम भईरहेको छ ।
सहकारी ठगीमा संलग्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघका उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का व्यवसायिक साझेदार रहेको पोखराको स्थानीय पत्रिका समाधानले ठगहरुलाई बचाउन पटक–पटक गलत समाचार सम्प्रेषण गर्दै आईरहेकोमा पछिल्लो समय रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत् झनै चरित्रहत्या हुने गरी झुटो आरोप लगाउँदैं आईरहेका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष समिति तथा कास्कीका ६ वटै सहकारीको समेत नेतृत्व गरेका किरण श्रेष्ठलाई बदनाम गराएर आन्दोलन तुहाउन ठगहरुका मतियार र केही सञ्चारमाध्यमले समेत बारम्बार प्रहार गर्दै आईरहेका छन् ।
पीडितहरुको आन्दोलनलाई नै तुहाउने षडयन्त्रका साथ बारम्बार प्रहार हुन थालेपछि संघर्ष समितिका सचिवले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संघर्ष समितिका अध्यक्ष श्रेष्ठको चरित्र हत्या र मानव अधिकार हनन गरेको जनाएको छ ।
‘उहाँहरुकै पार्टीको नाम भएका आधिकारिक फेसबुक पेज, समूह र त्यही पार्टीसँग आबद्ध भएर आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरुको सामाजिक सञ्जाल फेसबुक पेजबाट गलत र झुटा कुराहरुको सम्प्रेषण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । संघर्ष समितिका अध्यक्ष विरुद्ध रास्वपाका सिंगो पार्टी र साइबर सेना लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
