
१२० करोड कर छुटको छानबिन चलिरहेको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २२ कात्तिक । तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियेगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा यही कात्तिक २४ गते प्रतियोगिता आयोजना हुनेभएको हो ।
आज बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा हिमालयन टुरिजम फोरम, पोखराका अध्यक्ष विश्वशङ्कर पालिखेले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुुभयो । खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियागितामा सहभागिताका लागि चीनको कुनमिङबाट एक सय ३४ जना सहभागी र समर्थक चार्टर्ड उडानमार्फत आज पोखरा विमानस्थलमा अवतरण भएका छन् । प्रतियोगितामा चार वटा विधाका दौडमा एक हजार दुई सय जना खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई प्रतीकराज पहारीले जानकारी दिनुभयो ।
उहाँका अनुुसार प्रतियोगिताको टिम समूहमा ५० किमी, च्यालेञ्ज व्यक्तिगत समूहमा ५० किमी, विद्यार्थी दौडमा पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने भएको छ । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार तथा तेस्रो हुनेले दुुई लाख २९ हजार दुई सय पुरस्कार पाउनेछन् । त्यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः एक लाख ५२ हजार आठ सय र रु ९५ हजार पाँच सय पुरस्कार प्राप्त गर्ने गरिने पहारीले जानकारी दिनुभयो ।
च्यालेन्ज व्यक्तिगततर्फ विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार आठ सय पाउनेछन् भने उपविजेताले रु एक लाख १४ हजार पाउने छन् । त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले रु ७६ हजार चार सय पाउनेछन् । प्रतियोगितामा चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई रु ३८ हजार दुई सय प्रदान गरिनेछ भने आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई रु १९ हजार एक सय नगद प्रदान गरिनेछ ।
विद्यार्थीतर्फको प्रतिस्पर्धामा विजेताले ३० हजार जित्ने छन् भने उपविजेताले रु २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले रु २० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा चौथोदेखि छैठौँ स्थान प्राप्त गर्नेका लागि रु १०/१० हजार प्रदान गरिनेछ ।
ह्याप्पी रन समूहमा दौड पूरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने छ । यी सबै विधाका प्रतियागिताको पुरस्कारका लागि रु १९ लाख ३८ हजार एक सय पुरस्कार रहेको पहारीले जानकारी दिनुभयो ।
कूल ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनःबाराहीघाट आएर पूरा हुनेछ । टिम समूह दौडका लागि १७ वटा नेपाली र चार वटा चिनियाँ समूह गरी २१ वटा समूह दर्ता भएको र यसमा ६३ जना खेलाडी दर्ता भएको पहारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले पोखरासहित नेपाललाई पर्यटकीय रुपमा चिनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन यो कार्यक्रमले थप योगदान गर्ने बताउनुभयो । दुई देशका नागरिकबीचको सम्बन्धलाई यसले सुमधुर बनाउने उहाँको भनाइ छ ।
पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिमल्सिनाले पोखरासहित समग्र राष्ट्रको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने बताउँदै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउने धारणा राख्नुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर