
१फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
२कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
३शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
४अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
५ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
६सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
७आजदेखि एसईई परीक्षा सुरु
८एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
९इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
१०डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
११ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
१२व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
काठमाडौँ, २२ कात्तिकः आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो ।
कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन् । उनले १७ बलमा दुई चौका प्रहार गर्दै १२ रन बनाएकी हुन् । कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । आयशा इकबाल पेवेकरले तीन बलमा दुई रन बनाएर आउट भइन् । साराह जसवीले १२ बलमा चार रन बनाइन् भने जिनिया अफरोज र स्वातिबा कुलदीपसिंह परमारले समान एक÷एक रन बनाए ।
क्यान्डिस डायस, रेलिन मारिया डी सुजा, ईशान्वी मोहन सिंह, पर्ल सेरेना साइमन, खादिजा जाहिर हुसेन र अमिषा राम ओलाचेरी शून्य रनमा आउट भए ।
नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई÷दुई विकेट लिए । त्यस्तै, कप्तान पूजा महतो, कृश्मा गुरुङ, मनिशा कुमारी उपाध्यायले समान एक÷एक विकेट लिए । यो खेलमा कुवेतले अतिरिक्त दुई रन पायो ।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय तीस रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् ।
साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरिन् । ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छ÷छ रन बनाए भने सीमा केसीले चार रन बनाएकी थिइन् ।
नेपालका लागि कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले एक रन पनि जोड्न सकेनन् । नेपालले अतिरिक्त १६ रन प्राप्त गरेको थियो ।
कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई र जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एक÷एक विकेट लिएका थिए । यसँगै कुवेतले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार युएई)ले एक सय छ रनको अन्तरले कुवेतलाई पराजित गराएको थियो ।
यो जितसँगै नेपालले अब शनिबार यसएईसँग खेल्नेछ । छनोट खेलमा आयोजक संयुक्त अरब इमिरेट्ससहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने