
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पत्रकार लम्साल आवद्ध रहेको पोखराबाट सञ्चालित ताण्डव न्यूजका अध्यक्ष एवं मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रधान सम्पादक अर्जुन गिरी यसअघि नैं सहकारी ठगीमा कास्की कारगारमा महिनौंदेखि थुनामा रहेका छन् । पोखरामा खोजमूलक पत्रकारिता गर्ने नाममा ठगी धन्दामा संलग्न रहेका ताण्डव न्यूजका सम्पूर्ण टिम नै यतिबेला कानुनको फन्दामा परेका छन् ।
पोखरा, २० कार्तिक । मित्र मिलन सहकारीको बचत रकम हिनामिना गरेर फरार भएका उपाध्यक्ष एवं पत्रकार विजय लम्साल मंगलबार अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम ओलियाले मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई मंगलबार राति पक्राउ गरिएको जानकारी दिए । पटक–पटक प्रहरीको नजरबाट बच्दैं हिडेका लम्साललाई तेस्रोपटकको कोसिसमा प्रहरीले राति ९ बजे पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलबार सहकारी ठगीमा फरार लम्साल लुकेर बसेको ससुरालीको घरलाई चारैतिरबाट घेरा हालेर पक्राउ गरेको हो । पत्रकार लम्साल नेपाली कांग्रेस निकटको पत्रकारहरुको संस्था प्रेस युनियन कास्कीका उपाध्यक्ष समेत हुन् ।पत्रकार लम्साल आवद्ध रहेको पोखराबाट सञ्चालित ताण्डव न्यूजका अध्यक्ष एवं मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रधान सम्पादक अर्जुन गिरी यसअघि नैं सहकारी ठगीमा कास्की कारगारमा महिनौंदेखि थुनामा रहेका छन् । पोखरामा खोजमूलक पत्रकारिता गर्ने नाममा ठगी धन्दामा संलग्न रहेका ताण्डव न्यूजका सम्पूर्ण टिम नै यतिबेला कानुनको फन्दामा परेका छन् ।
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको आर्थिक हिनामिना तथा ठगीमा संलग्न रहेको भन्दैं ३३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा यतिबेला मुद्दा चलिरहेको छ । सहकारी ठगीमा जनप्रतिनिधि, पत्रकार, वकिल, टोलेगुन्डादेखि मिटरव्याजीहरुको संलग्नता रहेको प्रहरी अनुसन्धान र वित्तीय छानबिन समितिको प्रतिवेदनमा देखिएको थियो ।
३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर यस मुद्दामा राजनीतिक दवावका कारण सरकारी वकिलको कार्यालयले शुरुमा २१ करोडको मात्र बिगो माग दावी गरेको थियो भने पछि बचतकर्ताको दवावमा थप बिगो माग दावी गरिएको थियो ।
सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा गत पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दर्ता (मुद्दा नं. ०८०–सि१–०७०२) गराएको थियो । प्रहरी अनुसन्धान र सरकारी वकिलको कार्यालयको छानबिनबाट सहकारी ठगीमा ३३ जना विरुद्ध मुद्दा प्रक्रिया अघि बढाईएको थियो ।
सहकारी सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष विजय लम्साल, सचिव कुशल पौडेल, सदस्यहरु संगिता रेग्मी सुवेदी, रनिता थापा, गोपाल खनाल, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, लेखा समितिका सदस्यहरु प्रतिक लामिछाने र जनकराज पौडेल, पूर्वउपाध्यक्ष जिवनाथ पराजुली, कार्यकारी अधिकृत किरण अधिकारी, बजार व्यवस्थापन प्रमुख सुजन आचार्य, कसेरी सेवा केन्द्र प्रमुख भुवन पौडेल, गैह्रसदस्य लालबहादुर घर्ती, गैह्रसदस्य सञ्जय पौडेल, मूल्यांकनकर्ता (भ्यालुलेटर) अभिषेक भन्ने खुमानन्द काफ्ले, पूर्वलेखा समितिका सदस्य/प्रेस सल्लाहकार अर्जुन गिरी, सेयर सदस्य वडा नं. २१ क वडाध्यक्ष दीपकप्रसाद सुवेदी, सहकारीका बचतकर्ता विष्णुप्रसाद भण्डारी, संस्थापक सचिव/पूर्वअध्यक्ष भरत भट्टराई, गैह्र शेयर सदस्य सुवास अधिकारी, गैह्र शेयर सदस्य बामदेव सुवेदी, कानुनी सल्लाहकार जनकल्याण पराजुली, शेयर सदस्य बुद्धिसागर पौडेल, सल्लाहकार/शेयर सदस्य राजु बराल, पूर्वअध्यक्ष कृष्णबहादुर राउत, शेयर सदस्य हरेराम भण्डारी, शेयर सदस्य कुमार मगर, गैह्र शेयर सदस्य सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका कर्मचारी सन्तोष घिमिरे र तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुली लगायत ३३ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।
पत्रकार तथा सहकारीका उपाध्यक्ष विजय लम्सालमाथि लागेको अभियोगः
अर्जुन गिरीले सञ्चालन गरेको ताण्डव न्यूजमा वरिष्ठ संवाददाताको रुपमा काम गर्ने क्रममा विजय लम्साल सहकारीमा जोडिई २०७५ असोज २६ गतेको पाँचौं विशेष साधारण सभाबाट लेखा समिति संयोजकको रुपमा जिम्मेवारी लिएदेखि २०७६ भदौं २० गते को छैटौं वार्षिक साधारण सभाबाट उपाध्यक्ष पदमा निर्वाचित भई हालसम्म सोही पदमा रही काम गर्दै आईरहेका थिए ।
२०७८ माघ २३ गते कृतिम जग्गा तथा भवन शिर्षकबाट २ करोड ८३ लाख अर्जुन गिरीको खाता हुँदैं विजय लम्सालको खातामा रकम दाखिला गरिएकोमा लम्सालले २०७७ फागुन १७ गते जनकल्याण पराजुलीकी श्रीमती कमला बास्तोला पराजुलीको नाममा पोखरा–९, नयाँबजारमा रहेको कित्ता नं. २५ को घरजग्गा लिखित पास गरी लिदाँको बखत सहकारीबाट लम्सालको नाममा लगानी भएको कर्जा रु. २ करोड ३० लाख रुपैयाँ साँवा व्याज भुक्ता गर्न प्रयोग गरिएको भेटिएको छ । लम्सालले आफ्नो तथा श्रीमतीको नाममा सहकारीमा रहेको बचत खातामा रामप्रसाद कार्की, प्रल्हाद पौडेल र रमण पौडेलको खाताबाट १० लाख ८९ हजार ६ सय रुपैयाँ रकमान्तर गरी हिनामिना गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।
साथै लम्साल र अर्जुन गिरीको स्वामित्वमा रहेको क्याफे दि गार्डेनले लिएको कर्जा चुक्ता गर्न २०७७ चैत ५ गते ३६ लाख २५ हजार ५ सय १५ रुपैयाँ र विभिन्न मितिमा ४ लाख ६९ हजार ४ सय ५० प्रल्हाद पौडेल, रमण पौडेल र प्राइम बचत तथा ऋण सहकारी संस्था लि.को नाममा उक्त सहकारीमा भएको बैंक खातामा रकामान्तर गरी लिएको अनुसन्धानका क्रममा खुलेको छ ।
ऋणी चन्द्रबहादुर विकको नाममा २०७८ साउन २६ गते १७ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सोही मितिमा नै ऋणी चन्द्रबहादुर विकबाट स्याङ्जा जिल्ला साविकको टक्सार गाविस वडा नं. १ मा रहेको कित्ता नं. ४ को जग्गा आफ्नो नाममा राजिनामा पास गराई लम्सालले लिएका थिए । सो कर्जा हालसम्म भुक्तानी गर्न बाँकी रहेको र २०७८ चैत २९ गतेसम्म २६ लाख कर्जा लिदाँको बखतमा कर्जा प्रक्रिया पुरा नगरी दृष्टिबन्धक रोक्का गरेर मात्र उक्त रकम लिएको, उल्लेखित कसुरको सम्बन्धमा वित्तीय विश्लेषक समक्ष लम्सालले आफ्नो कसुर स्वीकार गरेका थिए ।
सहकारीका उपाध्यक्ष लम्साललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (ङ), (च), (ञ) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ग), (घ ५) बमोजिम अधिकतम सजायको मागदावी गरिएको छ ।

मित्र मिलन सहकारीका सञ्चालक समिति र कर्मचारीहरु ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ