
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
नारायण न्यौपाने
काठमाडौँ । नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग गर्दै आएको छ ।
इमान्दार र गुनिलो जातका रुपमा परिचित कुकुर भैरवको वाहन मानिन्छ । घरको विश्वसनीय पहरेदार कुकुर धेरै मानिसका घरहरुमा पालिने भए पनि वर्षको एकपटक यमपञ्चकको दोस्रो दिनमात्र पूजा गरिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धानमा दर्जासमेत दिएर कुकुर प्रयोग गरेको धेरै वर्ष भइसकेको छ भने नेपाली सेनाले १८ वर्षदेखि शान्ति स्थापना कार्यमा लैजाने गरेको छ ।
महाभारतका अनुसार पाण्डवहरु स्वर्ग जाँदा एउटा कुकुर पनि सँगै गएको थियो । रुसले ‘लाइका’ नामक कुकुर अन्तरीक्षमा पठाएको थियो जुन पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो जनावर बनेको थियो । नेपालमा जङ्गलमा सिकार गर्न भोटेकुकुर लाने पनि चलन छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा ‘शान’ र ‘गामिनी’ नामक दुई कुकुर समावेश गरेको थियो । लाइबेरिया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगिसकिएको छ । लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विस्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिबियामा पनि परिचालन गरेको हो ।
कुकुर पनि क्वारेन्टिनमा
नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पु¥याउँदै आएका छन् । त्यहाँ खासगरी हातहतियार र विस्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षामा कुकुर समावेश गरिएको छ । पछिल्लोपटक लिबियामा गत यही कात्तिक १४ गते ‘किलो’ नामक कुकुर पठाइएको छ भने लिबियाबाट हालै फिर्ता भएको ‘माइकल’ नामक कुकुरलाई सेनाको क्वारेन्टिनमा राखिएको छ ।
सरकारले २०५५ सालमा सेनामा तालीमप्राप्त सैनिक डग राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ सालदेखि तालीम दिइएको थियो । गट्ठाघरस्थित भैरव वाहन गुल्मको डग केनलमा हाल जर्मन सेफेर्ड २३, लेब्राडोर ५४, ककर स्पाइनल पाँचवटा कुकुर तथा मालिनोइज जातका तीन साना छाउरा रहेको गुल्मपति सञ्जीवसिंह सिजापतिले जानकारी दिनुभयो ।
कुकुरमा तीन किलोमिटर टाढासम्मको गन्ध थाहा पाउने शक्ति हुन्छ भने एक पटक सुँघेको कुरा एक घण्टासम्म स्मरण गर्न सक्छ । एउटा कुकुरका लागि तालीम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन रु ३७३ खर्च छ । शान्ति सेनामा सुरक्षा र गस्तीमा खटिने प्रतिजोडाले ८९० र खोज तथा उद्धारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५ अमेरिकी डलर भत्ता प्राप्त हुने उक्त गुल्मले जनाएको छ ।
सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । सामान्यतया एउटा स्वस्थ्य कुकुरले आठ वर्षका उमेरसम्म पूर्णरुपमा काम गर्ने बताइन्छ । यसका अतिरिक्त सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर दुई र जर्मन सेफेर्ड एक तथा चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारी नियन्त्रणका लागि मालिनोइज र लेब्राडोर दुई जातका कुकुर रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले कुकुरलाई समयानुकूल तालीम प्रदान गर्न डग हाण्डलरलाई भारत, पाकिस्तान र बङ्गलादेश पठाउने गरेको छ । सुरक्षा फौजले सञ्चालन गर्ने विभिन समारोहमा समेत खेलकूद र मनोरञ्जनका लागि कुकुर प्रयोग गरिँदै आएको छ । सो गुल्ममा आज सेनाले कार्य जिम्मेवारीमा खटिँदा कुकुरले गर्ने कार्य जिम्मेवारीको नमूना अभ्यास प्रस्तुत गर्नाका साथै कुकुरको सामूहिक पूजा कार्यक्रमको आयोजना ग¥यो ।
‘जोजो’ को मूल्य रु ६ लाख ५० हजार
नेपाल प्रहरीमा पनि वरिष्ठ उपरीक्षकको नेतृत्वमा डग केनेल महाशाखा छ । सो महाशाखा मातहत काठमाडौँ उपत्यकामा ५० सहित मुलुकभर ९६ कुकुर छन् । आठ प्रजातिका कुकुर रहेको उक्त महाशाखामा ‘जोजो’ नामको कुकुर बेलारुसबाट दुई वर्षअघि रु ६ लाख ५० हजारमा खरिद गरी ल्याइएको हो । त्यही कुकुरको सहायतामा गङ्गबँुमा गत वर्ष साउनमा भएको हत्याकाण्डको घटनामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी सफल भएको थियो ।
महाशाखामा रहेका केही कुकुर आफ्नै उत्पादन तथा केही विदेशबाट किनेर ल्याइएका हुन् । विसं २०२६ मा स्थापित सो महाशाखामा कुकुरलाई तालीम दिन तथा हेरचाहका लागि १६५ जनशक्तिको व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणका कारण महाशाखाले यसपालि विगतको जस्तो औपचारिकरुपमा कुकुर तिहार नगरी सामान्य पूजा विधि गरेको थियो ।
सुरक्षाकर्मीले कुकुरको सहायतामा विशिष्ट व्यक्तिको सुरक्षा, हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध बरामद, अपराध अनुसन्धान, प्राकृतिक प्रकोप तथा विपद्का घटनापछिको खोजी एवं उद्धार, वन्यजन्तु चोरी सिकार नियन्त्रण र कार्यक्षेत्रको सुरक्षामा असरदार नतिजा हात पर्दै आएको छ । अर्काे सुरक्षा फौज सशस्त्र प्रहरी बल, नेपालसँग पनि तालीमप्राप्त चार प्रजातिका ३० कुकुर छन् । ती कुकुर खासगरी सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्न तथा अपराधका घटना पत्ता लगाउन एवं खोज उद्धारमा प्रयोग हुँदै आएको जनाइएको छ ।
विसं २०६२ मा स्थापना भएको उक्त सङ्गठनको पशु स्वास्थ्य तथा डग हेण्डलर सेन्टरलाई भारत र अमेरिकाबाट पनि केही उपहारस्वरुप कुकुर प्राप्त भएको सशस्त्र प्रहरी बलका नायब निरीक्षक रमेश पोखरेलले जानकारी दिनुभयो । सुरक्षा फौजले कुकुरलाई आधारभूत तालीम प्रदान गरेपछि उसको क्षमता पहिचान गरी त्यसका आधारमा विषयगत तालिम दिँदै आएको छ ।
यसैबीच यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ । द्वारपालका रुपमा रहने, घरघर परिवारलाई भरपर्दाे सुरक्षा प्रदान गर्ने तथा आदेशपालक सन्तोषी घरपालुवा जनावर कुकुरलाई माला लगाई मीठो परिकार दिएर पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव