
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा । कात्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) का दिनमा पोखरा महानगरपालिका–३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान(नर्के स्नान)को प्रचलन पछिल्ला वर्षमा हराउँदै गएको छ ।
नेपालीको महान चाड तिहारको दोस्रो दिन कुकुर तिहारका दिन यहाँका प्राकृतिक जलाशयमा झण्डै डेढ दशक अघिसम्म नर्के स्नान गर्नेका कारण जलाशय परिसरमा सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । नरक चतुर्दशीका दिन बिहान सबैरै उठेर कसैसँग नबोली पानीका पँधेरा तथा कुवामा गई नुहाएर दीपदान गरेमा सम्पूर्ण पापबाट मुक्त हुने धार्मिक जनविश्वासका कारण पनि नर्के स्नानलाई महत्वका साथ हेर्ने गरिएको स्थानीय शान्ति थापाले बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा बढ्दै गएको प्राचीन संस्कृतिप्रति युवा पुस्ताको अनाकर्षण र लिफ्टिङ प्रविधिका कारण घरघरमा पानी पुगेका कारण पनि प्राकृतिक जलाशयमा पुगी स्नान गर्ने प्रचलन हराउँदै गएको हो ।
नरक चर्तुदशीका दिनमा तोरीको पिना लगाएर नुहाउने र नुहाइसकेपछि दियो बालेर पूजा गर्नुपर्ने यो स्नानको मौलिकता हो । विगतमा कुकुरले टोकेका व्यक्तिले त अनिवार्य नर्के स्नान गर्नुपर्ने जनविश्वास रही आएको छ । यस दिन सम्पूर्ण पापको नाशका लागि मासको पात खाने चलन पनि छ । शास्त्रमा ʿनुद सर्वाणी पापानी नरकादर्शनं कुरु । प्राश्नामी तव पत्राणि माषो देहि यशो बलम् ।।ʾ मन्त्रका साथ मासको पात खानुपर्ने उल्लेख छ । त्यस्तै स्नान गरिसकेपछि ʿदत्तो दीपचतुर्दश्यां नरकप्रीतये मया । चतुर्वतिसमायुक्तः सर्वपापापपनुत्तये ।।ʾ मन्त्र उच्चारण गर्दै दीपदान गर्नुपर्ने शास्त्रमा भनिएको छ । नर्के स्नानसँगै यस दिन सर्वसाधारणले घरघरमा कुकुरको पूजा गर्दछन् । आज्ञापालक र इमान्दार पशुका रुपमा मानिने कुकुरलाई यमराजको दूतका रुपमा लिइन्छ । भैरवको बाहनको रुपमा लिइने कुकुरलाई पूजाआजा गरी माला लगाइदिने र मन पर्ने खानेकुरा खान दिइन्छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी