
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
म्याग्दी । ठेकेदार सम्पर्कमा नाआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतका हुन् । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकको सिमानामा पर्ने राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउन कालिका–गजुरमुखी र गलेश्वर बसपार्क देखि पुल निर्माण स्थलसम्मका सडक कालोपत्रे गर्न गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको थियो ।
पुल र सडक बनाउने ठेक्का लिएको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्री सामान आपुर्तिकर्ता र मजदुरहरुलाई तिर्नुपर्ने रकम समेत नतिरी सम्पर्कबिहिन भएपछि अलपत्र परेको स्थानीयबासीले गुनासो गरेका छन् । स्थानीय दिपक कार्कीले सम्बन्धित निकाय र आयोजनाको बेवास्ता तथा ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन नगरेकाले सडक र पुल अलपत्र परेको बताउनुभयो ।
“ठेक्काको म्याद गत असोज महिनामै सकिएको छ,” उहाँले भन्नुभयो “कामको प्रगति हेर्दा अझै पनि सम्पन्न होला भन्ने आशा छैन् ।” ४० मिटर लामो र ११ मिटर चौडाई भएको राहुघाटको मोटरेबल पुल बनाउन रु. छ करोड २४ लाख तीन हजार ८२५मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो । रु.चार करोड ८५ लाख दुई हजार ५८ मा १ किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ । ११ मिटर चौडाईमा कालोपत्रे गर्ने सम्झौता छ ।
मोटरेबल पुलको दुई तर्फ पिल्लर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । पुलको पिल्लरलाई पुर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र पिच गर्ने काम बाँकी छ । ठेकेदारलाई फर्काएर अुधरो पुल र सडकलाई पुर्णता दिन ताकेता गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सब–इञ्जिनियर गजेन्द्र राउतले बताउनुभयो । समय हुँदा सम्म पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाउन नसकेर ढिलासुस्ति गरेको ठेकेदारले कोरोनाको जोखिम, लकडाउन र सामाजिक समस्यालाई बाहना बनाएर काम गर्न आलटाल गरेको छ । दुवै योजनामा करिब एक वर्षदेखिनै ठेकेदारले काम गरेका छैनन् । मोटरेबल पुल बन्न ढिलाई भएका कारण गत असारको बाढीले राहुघाटमा बेलिब्रिज बगाउँदा ४५ दिनसम्म बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै