
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
३रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
४रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
म्याग्दी । ठेकेदार सम्पर्कमा नाआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतका हुन् । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकको सिमानामा पर्ने राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउन कालिका–गजुरमुखी र गलेश्वर बसपार्क देखि पुल निर्माण स्थलसम्मका सडक कालोपत्रे गर्न गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको थियो ।
पुल र सडक बनाउने ठेक्का लिएको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्री सामान आपुर्तिकर्ता र मजदुरहरुलाई तिर्नुपर्ने रकम समेत नतिरी सम्पर्कबिहिन भएपछि अलपत्र परेको स्थानीयबासीले गुनासो गरेका छन् । स्थानीय दिपक कार्कीले सम्बन्धित निकाय र आयोजनाको बेवास्ता तथा ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन नगरेकाले सडक र पुल अलपत्र परेको बताउनुभयो ।
“ठेक्काको म्याद गत असोज महिनामै सकिएको छ,” उहाँले भन्नुभयो “कामको प्रगति हेर्दा अझै पनि सम्पन्न होला भन्ने आशा छैन् ।” ४० मिटर लामो र ११ मिटर चौडाई भएको राहुघाटको मोटरेबल पुल बनाउन रु. छ करोड २४ लाख तीन हजार ८२५मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो । रु.चार करोड ८५ लाख दुई हजार ५८ मा १ किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ । ११ मिटर चौडाईमा कालोपत्रे गर्ने सम्झौता छ ।
मोटरेबल पुलको दुई तर्फ पिल्लर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । पुलको पिल्लरलाई पुर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र पिच गर्ने काम बाँकी छ । ठेकेदारलाई फर्काएर अुधरो पुल र सडकलाई पुर्णता दिन ताकेता गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सब–इञ्जिनियर गजेन्द्र राउतले बताउनुभयो । समय हुँदा सम्म पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाउन नसकेर ढिलासुस्ति गरेको ठेकेदारले कोरोनाको जोखिम, लकडाउन र सामाजिक समस्यालाई बाहना बनाएर काम गर्न आलटाल गरेको छ । दुवै योजनामा करिब एक वर्षदेखिनै ठेकेदारले काम गरेका छैनन् । मोटरेबल पुल बन्न ढिलाई भएका कारण गत असारको बाढीले राहुघाटमा बेलिब्रिज बगाउँदा ४५ दिनसम्म बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन