
१२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
३कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
४स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
५नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
बागलुङ । गत वर्ष ४० मुरी आलु भित्र्याउनुभएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सक्नुभयो । बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भन्नुभयो, “अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो ।”
चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाउनुभयो । आलु कम फलेपछि यो वर्ष भाउ पनि महँगियो । शुरुमा एक पाथी आलु रु १०० मा बिके पनि पछि बढेर गाउँमै रु १५० सम्म पुग्यो । अधिक पानी परेका कारण आलुको उत्पादन घटेको वडाध्यक्ष उदिम छन्त्यालले बताउनुभयो ।
“अहिले ७० प्रतिशतसम्म आलु उत्पादन घट्यो, आलुमा निर्भर यहाँका किसान मर्कामा छन”, उहाँले भन्नुभयो । लाम्मेलाको मुख्य बाली नै आलु हो । आलु बेचेर किसानले बजारदेखि चामल र दैनिक उपभोग्य सामानको जोहो गर्छन् । किसानले आलुबाहेक मकै, कोदो, जौ, फापरको खेतीको गर्छन् । लाम्मेलामा धान फल्दैन ।
वडाध्यक्ष छन्त्यालका अनुसार लाम्मेलाका २५० घरमै आलु खेती हुन्छ । औसतमा हरेक घरमा वार्षिक १० क्विन्टलका दरले आलु फल्छ । सिङ्गै गाउँभरि गर्दा दुई हजार ५०० क्विन्टलभन्दा बढी आलु उत्पादन हुन्छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित लाम्मेलामा फलेको आलु स्वादिष्ट र स्वस्थकर मानिन्छ । गाउँ भित्रिने अतिथि÷पाहुनालाई टक्र्याउने पहिलो परिकार पनि आलु नै हुन्छ ।
लाम्मेलाको आलु बिक्रीका लागि सदरमुकाम बागलुङ बजारलगायत टाढाका शहरी क्षेत्रसम्म पुग्छ । ठूला व्यापारीहरु गाउँमै पुगेर किसानबाट आलु खरिद गर्छन् । धेरै जग्गामा आलु लगाउने किसानले आलुबाटै भएको कमाइले घरधन्दा चलाउँछन् । उत्पादन बढेका बेला कुनै परिवारले त डेढ÷दुई लाखसम्म कमाउँछन् ।
बसाइँसराइ, श्रमशक्तिको विदेश पलायन इत्यादि कारणले पछिल्लो समय आलु खेती विस्तारै कम हुँदै गएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । “यो ठाउँ आलु बाली प्रशस्त हुने ठाउँ हो, अहिले सडक आएपछि बजारीकरणमा पनि कुनै समस्या छैन”, उहाँले भन्नुभयो । बेमौसममा समेत आलु बेच्नका लागि वडाले भण्डारण गृह बनाउने योजना बनाएको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले छ वटै वडामा आलु खेती हुने गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु ‘जोन’ कार्यक्रममा समावेश छ । उक्त परियोजनामार्फत गत वर्ष आलु किसानलाई कृषि सामग्री र औजार वितरण गरिएको थियो । यो वर्ष कृषि समूह निर्माण, बिउ वितरणलगायतका कार्यक्रम भइरहेको जनाइएको छ ।
“आधुनिक सीप र प्रविधि दिलाएर किसानलाई व्यावसायिक उत्पादनतिर लगाउने गाउँपालिकाको पनि योजना छ”, अध्यक्ष बुढाले भन्नुभयो । कृषि शाखाका प्राविधिक मोतीप्रसाद न्यौपानले चालु आवमा कृषिमा रु ३८ लाख बजेट छुट्टिएको बताउनुभयो । सेमी हाइटेक टनेल, प्लाष्टिक टनेल, मिनिटिलर हलो, मौरीपालन, ओखर, किवी, च्याउखेतीलगायतमा बजेट खर्च गरिने छ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन