
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा । गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रि–आईसोलेसनमा भर्ना गरिएका पोखरा महानगरपालिका वडा नं. १५ की ७५ वर्षीय महिलाको कार्तिक २६ गते साँझ ५ः१० बजे मृत्यु भएको हो । उनको कार्तिक २५ गते स्वाव परीक्षणको लागि पठाईएको र २६ ते रिपोर्ट पोजेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्तिमा ती महिलालाई निमोनिया, डाईबेटिज मलाईटस, एक्युट किड्नी इन्जुरी लगायतका समस्याहरु देखिएको उल्लेख छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय १४ पुगेको छ ।
२४ घण्टामा छसय ४७ जनाको पिसिआर परीक्षण गरिएको छ । आजमात्र यस प्रदेशमा थप दुईसय जनामा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढि कोरोना संक्रमण कास्की जिल्लामा देखा परिरहेको छ । कास्की जिल्लामा ६९ जना, नवलपरासी (पूर्व)मा ४८ जना, तनहुँमा ४७ जना, स्याङ्जामा १२ जना, लमजुङमा ८ जना, पर्वतमा ५ जना, मुस्ताङमा ३ जना, गोरखामा २ जना, म्याग्दीमा १ जनामा आज थप कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजमात्र कोरोना संक्रमणबाट ९ जना निको भएका छन् । परिक्षण गरिएका मध्ये ४४६ जनामा नेगेटिभ देखिएको छ । त्यसैगरी हालसम्म यस प्रदेशमा ९८ हजार सातसय ६२ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । जसमा संक्रमित नौंहजार नौंसय तीनजना रहेका छन् । यसमध्ये चारहजार नौंसय ७९ जना निको भईसकेका छन् । यसमध्ये सक्रिय संक्रमित चारहजार आठसय १० जना रहेका छन् । कुल परीक्षण गरिएको मध्ये ८८ हजार आठसय ५९ जनामा नेगेटिभ देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार यतिबेला एकहजार आठसय १६ जना होम आईसोलेसनमा रहेका छन् ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा ६४७ जनाको कोरोना परीक्षण गरिएको र नौ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ११४ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित चार हजार ८१० छन् । कोरोना सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ९७९ पुगेको छ । प्रदेशमा हालसम्म ९८ हजार ७६२ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ