News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

गण्डकीका चार विधेयक प्रमाणीकरण 

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गर्नुभएको हो ।

ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् ।

यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गर्नुभएको थियो ।