
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, २४ माघ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीकै रकमले घरजग्गा किनेको स्वीकार गर्दै अब बचतकर्ताहरुलाई नैं फिर्ता गर्ने बताएका छन् । राज्यका निकायले वातावरण बनाई दिएमा आफू घरजग्गा बेचेर रकम फिर्ता गर्न तयार रहेको पनि उनको भनाई थियो ।
सहकारी ठगीमा फरार रहेका मेयर नेपालीले सहकारीको रकम दुरुपयोग गरी आफू र पत्नी छेलाका नाममा घरजग्गा जोडेकोले जनताको बचतको रकम र बैंकको ऋण समेतबाट किनिएका उक्त जग्गा र घरहरु फिर्ता गर्न तयार भएको विज्ञप्ति मार्फत् नैं सार्वजनिक गरेका छन् ।
गत मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्,–‘हामी जनताको बचत फिर्ता गर्न घर जग्गा बेच्न पनि तयार छौं । प्रहरीको रेड कर्नर नोटिस, अदालतमा परेको मुद्दा र संघर्ष समितिमार्फत आक्रोशित जनताका कारण त्यो बिक्री गर्ने वातावरण बनेको छैन ।’
यस अघि फरार मेयर गत मंसिर ५ गते फेसबुक लाइभमा आएर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । सहकारी पीडित बचतकर्ताले दुई साताअघि बहुमत शेयर सदस्य मिलेर विशेष साधारण सभाको आयोजना गर्दै बैंकमा धितोमा रहेका घरजग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेका थिए । लगत्तै मेयर नेपालीको नाममा रहेका घरजग्गाको कित्तासमेत उल्लेख गरेर लिलाम बिक्रीको प्रक्रिया शुरु भएको थियो ।
फरार मेयर नेपालीले ती घरजग्गा खरिदका क्रममा बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गर्नुका साथै राष्ट्रिय सहकारी बैंक, गरिमा बिकास बैंक र ग्लोबल आईएमई बैंक समेतमा ३५ करोड रुपैयाँ ऋण लिएको देखिएको छ ।
एकहजार ५ सय ४८ बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष नेपालीसहित सहकारीका तत्कालीन व्यवस्थापकहरु विरुद्ध सहकारी ठगी मुद्दा चलिरहेको छ । प्रहरीले सहकारीका कोषाध्यक्ष सहितका केही पदाधिकारी र सदस्यहरु पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
इमेज सहकारी गत वैशाख ६ गतेदेखि तरलता अभाव देखाएर बन्द गरिएको थियो । गत जेठ ५ गतेदेखि नैं अध्यक्ष नेपाली फरार छन् । उनीविरुद्ध नेपाल प्रहरीको इन्टरपोलले रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ । मेयर नेपाली राजनीतिक संरक्षणमा नेपाल मैं रहेको आशंका गरिएको छ ।
बाढी पहिरो पीडितको राहत रकम समेत छाडेनन् मेयर नेपालीले
ढोरपाटनका मेयर देबकुमार नेपालीले चार वर्ष अघि संकलन गरिएको राहत रकमसमेत तत्कालीन नगर उपप्रमुखसहित अन्यको नाममा चेक बनाएर हिनामिना गरेका थिए ।
पीडितका नाममा संकलन भएको ३ करोड रुपैयाँ नगरपालिकाको खातामा नभेटिएपछि गत असारमा नीति तथा कार्यक्रम र बजेट निर्माणको बेला यो विषय सार्वजनिक भएको थियो । त्यतिबेला मेयर नेपाली श्रीमतीसहित फरार भइसकेका थिए । कार्यवाहक नगर प्रमुखका रुपमा उपप्रमुख धनबहादुर कायतले बजेट ल्याएका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन