News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

पूर्वराज्यमन्त्री गौचनको निधन

बागलुङ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । पचासी वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मनुभएका उहाँ विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री हुनुभएको थियो । त्यसअघि उहाँ शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बन्नुभएको थियो ।

गौचन विसं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ को चुनावमा गौचन नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित हुनुभएको थियो ।

राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत हुनुहुन्थ्यो । विसं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उहाँ प्रधान संरक्षक हुनुहुन्थ्यो । जिल्लाको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले बताउनुभयो । दिवङ्गत गौचनका एक छोरा र चार छोरी हुनुहुन्छ ।