
१गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
२तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
५राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
६फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
७रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
८८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
९रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
१०पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
११मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१२रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
सहकारी संस्थाहरुको अवस्था यतिबेला संकटग्रस्त छ । अधिकांश सहकारीको अवस्था जटिल हुनुमा पछाडि सहकारी सञ्चालक मात्र होइन, राज्यको पनि ठुलो कमजोरी देखिन्छ । जनताको पैसा बचत गर्न लाईसेन्स दिएपछि राज्यले यसको नियमन कडाईका साथ गर्नुपथ्र्यो । त्यसो हुन नसक्दा सहकारीको सिद्धान्त र कानुन विपरितका गतिविधिहरु मौंलाए । सञ्चालकहरुले सहकारीको पैसा व्यक्तिगत रुपमा जमिन, घर र विभिन्न कारोबारमा लगानी गर्न पुगे । जसले गर्दा स्थिति अकल्पनीय बन्न पुग्यो । आज सहकारी सञ्चालकहरु जेलमा र बचतकर्ताहरु सडकमा रुँदैं हिड्नु पर्ने अवस्था आईसकेको छ । त्यसैले राम्रोसँग चलेका सहकारीलाई कारोबार सञ्चालनका लागि उचित वातावरण निर्माण गरिदिने र वेथिति देखिएका सहकारीको समस्या छिटो समाधान गर्न राज्यले समयमा नैं पहल गर्नुपर्ने देखिन्छ । सहकारी संस्थाहरुको अनुगमनका विषयमा स्थानीय निकायदेखि सहकारी रजिष्ट्रारको कार्यालय समेतको भूमिका राम्रो देखिएन । यी अनुगमन गर्ने निकायहरुको निकम्मापनले गर्दा नै यति ठुलो दुर्घटना हुने बेलासम्ममा राज्य बेखबर बन्न पुग्यो ।
सहकारीको समस्या यतिबेला देशव्यापीरुपमा नै जटिल देखिन्छ । पोखरा लगायतका सहकारीको सन्दर्भमा हामीले केही समयदेखि उठाई रहेका विषयहरु असाध्यैं गम्भिर प्रकृतिका छन् । किनभने यी सहकारीका सञ्चालकहरु गुन्डागर्दी, मिडिया, राजनीति, न्यायालय र प्रहरी प्रशासनसम्म पहुँच राख्ने र ती संस्थाहरुमा आवद्ध पनि रहेका छन् । यस्ता राजनीतिक दलसँग आवद्ध भएका कार्यकर्ताहरुले गरेको अपराध जोगाउन पार्टी नै संगठित रुपमा अपराधीहरुलाई जोगाउन लागेका यथेष्ट प्रमाणहरु हामीसँग सुरक्षित पनि छन् । त्यसकारण यस्ता वित्तीय अपराधमा संलग्नहरुलाई कारवाही गर्न र छानबिन गर्न कठिनाई पनि नदेखिएको भने होइन ।
गरिब, दिनदुःखी, असहाय, महिला, बालबालिकादेखि सामान्य व्यवसाय गर्नेले मात्र नभई दशक विदेशिएर फर्किएका नेपालीहरुले जम्मा गरेको पसिना र मेहनत सहकारीमा जम्मा भएको छ । तर सहकारी भित्रको खेल डरलाग्दो देखिएको छ । पोखराका धेरै जसो सहकारीमा सञ्चालकहरुले नै रकमको अपचलन गरेका तथ्यहरु सार्वजनिक भईरहेका छन् । यी मध्ये केही सहकारीहरुको भने बजारमा पैसा ऋण स्वरुप प्रवाह गर्दा आर्थिक मन्दीका कारण फसेकोले मिलाउनका लागि समय लागेको देखिन्छ । समग्रमा सबै सहकारीहरुलाई एउटै टोकरीमा पनि हाल्न मिल्दैन । एउटै टोकरीमा हालेर विश्लेषण गर्दा राम्रो र सुधारोन्मुख भएका सहकारीहरुमाथि अन्याय हुने र यस्तो पत्रकारिताले उल्टै जनतालाई हानी पु¥याउनेमा हामी सचेत छौं ।
लागौं, सहकारी ठग्ने गिरोह कस्तो खालको छ भन्ने विषय तर्फ । सहकारी ठग्ने धन्दामा राजनीतिक दलका नेता, पत्रकार, टोले गुन्डा, वकिल, मिटर ब्याजी र विचौंलियाहरु सबैभन्दा बढि सक्रिय छन् । सहकारीको अवस्था नाजुक भएको फाईदा पोखराका केही मिटरब्याजीहरुले राम्रै उठाएको देखिएको छ । विभिन्न राजनीतिक दलमा आस्था राख्ने यी व्यक्तिहरुको अनुहारलाई समाजसामू नङ्ग्याउनु नै पर्ने देखिएको छ । किनभने धेरै जनताको उठिबास यस्तै मिटरब्याजी गिरोहले गर्दै आईरहेको छ । सहकारीको बचतले मोजमस्ती गर्ने, आफ्ना विभिन्न धन्दाहरुमा वेहिसाब लगानी गर्ने र बचतको अपचलन गर्नेहरुको गिरोहमाथि हाम्रो निर्मम प्रहार जारी नै रहनेछ ।
ढिलै भएपनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋणको कारोबार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने गरी मन्त्रीपरिषद्ले भर्खरैं निर्णय गरेको छ । यसले मात्र समस्याको समाधान भने हुने देखिन्न । सरकारले सम्पूर्ण सहकारीको वास्तविक अवस्थाको तथ्यगत अनुसन्धान गर्ने टोली नै खटाउनु पर्ने देखिन्छ । साथैं बजारमा नियमसंगत ऋण लगानी गरेका सहकारीहरुलाई पनि जोगाएर माथि उठाउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ । भने आर्थिक अपचलन गर्ने सञ्चालकहरुलाई जायजेथाबाट रकम असुल्ने गरी कानुन नै बनाएर थप कडाई गर्नु पर्ने देखिन्छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला