
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
स्रोतका अनुसार सरकारी सुन तस्करका नाईके भनेर चिनिने झलकराम, तस्करीमैं संलग्न माओवादी नेताका पुत्रद्वय राहुल, दीपेश र भण्डारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुरानो मोवाईल लुकाएर नयाँ मोवाईल सेट परीक्षणका लागि दिएको रहस्य खुलेको छ ।
पोखरा, २ असोज । ६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न आरोपितहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुरानो मोवाईल लुकाएर नयाँ मोवाईल सेट परीक्षणका लागि दिएको रहस्य खुलेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नजिकको सम्बन्ध बनाएका तत्कालिन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतका टोलीले पुरानो मोवाईलमा लुकाउँदैं नयाँ मोवाईल सेट अनुसन्धानका लागि प्रहरीलाई दिएको तथ्य बाहिरिएको छ ।
अधिकारीसँगैं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र विध ल्याबका सञ्चालक भीमकाण्ड भण्डारीले पुरानो मोवाईल लुकाएर १० दिन अघिमात्र प्रयोगमा ल्याइएको नयाँ मोवाईल सेट परीक्षणका लागि दिइएको रहस्य खुलेको हो ।
स्रोतका अनुसार सरकारी सुन तस्करका नाईके भनेर चिनिने अधिकारी, तस्करीमैं संलग्न माओवादी नेताका पुत्रद्वय राहुल, दीपेश र भण्डारीले पहिला चलाउँदैं आएको पुरानो मोवाईलको आईएमइआई नम्बर र अहिले ल्याएको मोवाईलको आईएमईआई नम्बर फरक–फरक देखिएको छ ।
तस्करीमा फस्ने भएपछि प्रमाण नष्ट गर्दै केही दिन अघि मात्र एक्टिभेट भएको मोवाईल दिएर प्रहरी अनुसन्धानलाई सहयोग नभई असहयोग गरेका छन् । माओवादीका नेता तथा तिनका सन्तान अनेकन् धन्दामा संलग्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी काण्डमा हाईप्रोफाईलका तस्करहरुलाई कारवाही गर्न नै सकेनन् ।
वषौंदेखि तस्करीमा संलग्न महरा, नन्दबहादुर पुनका छोराहरु र माओवादी कार्यकर्ता भण्डारीका विषयमा प्रमाणहरु हुँदा हुँदैं पनि गृहमन्त्री श्रेष्ठको दवावका कारण प्रहरीले सतही अनुसन्धान गरेर उनीहरुलाई बचाउने प्रयास गरेको देखिन्छ । सरकारी कर्मचारी रहेका अधिकारी जहाँ जहाँ र जुन जुन कार्यालयको नेतृत्व सम्हाल्न पुगे, उनले कहीं पनि लुट्न बाँकी नराखेका उनका हर्कतहरुले पुष्टि गरिरहेका छन् ।
तस्करी र भ्रष्टाचारमा वषौंदेखि माहिर खेलाडी अधिकारी झलकराम अधिकारी ६० किलो सुन तस्करी प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेसँगै उदाङ्गो भएका हुन् । सुन तस्करको मुख्य नाईके दावासँगको संवादको सप्रमाण प्रहरीले भेटेपछि अधिकारीलाई अध्यागमनबाट हटाउँदैं सरकारले गृहमन्त्रालयमा तानेको थियो ।
यता, ६० किलो सुनसँगैं यसअघि इलेक्ट्रिक सिगरेट भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी काण्डमा माओवादी नेता कृष्णबहादुर महरासहित उनका छोरा राहुल र पूर्वउपराष्ट्रपति नन्दबहादु पुनका छोरा दीपेशको पनि संलग्नता भेटिएको हो । यता, झलकराम, राहुल, दीपेश र भीमकान्तले ‘क्लिनचिट’ लिने प्रयोजनका लागि मात्रै सीआईबीमा उपस्थित भएर बयान कागज गरेको स्रोतको भनाई छ ।
६० किलो सुन प्रकरणमा माओवादी नेता र तिनका आफन्तको सबैभन्दा बढि संलग्नता भेट्टिएको छ । माओवादीका उपमहासचिव रहेका वर्षमान पुनका भाइ प्रनेश पुन र ठमेलको भियना होटलकी सञ्चालक समेत रहेकी बैनी पर्ने अमला रोका पनि यो गिरोहका मुख्य नाईकेका रुपमा देखिएका छन् ।
अमला सुन प्रकरणका नाइके मानिएका बेल्जिएम दावा छिरिङकी पत्नी समेत हुन् । प्रनेश पुन र दावा पत्नी अमला सुन उत्खनन् तथा प्रशोधन गर्ने कम्पनी भियना मल्टीप्रपोजको व्यापारिक साझेदार समेत रहेको खुलेका छ । अहिले फरार रहेकी अमला पक्राउ परेसँगैं प्रहरीले हाईप्रोफाईलमा रहेर तस्करीमा संलग्नहरुको नकाव अवश्य पनि उतार्ने छ ।
तर यी छ जनालाई नैं प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको संरक्षण रहँदा यिनीहरुमाथि कडा छानबिन र कारवाही अघि बढ्न सकिरहेको छैन । सप्रमाण सुन तस्करीमा संलग्न रहेका यी पात्रहरुलाई जोगाउने चक्करमा प्रधानमन्त्री प्रचण्डले जनतामाझ बढ्दै गईरहेको लोकप्रियता र सरकारप्रतिको विश्वास पनि गुमाएका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी