
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
स्रोतका अनुसार सरकारी सुन तस्करका नाईके भनेर चिनिने झलकराम, तस्करीमैं संलग्न माओवादी नेताका पुत्रद्वय राहुल, दीपेश र भण्डारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुरानो मोवाईल लुकाएर नयाँ मोवाईल सेट परीक्षणका लागि दिएको रहस्य खुलेको छ ।
पोखरा, २ असोज । ६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न आरोपितहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुरानो मोवाईल लुकाएर नयाँ मोवाईल सेट परीक्षणका लागि दिएको रहस्य खुलेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नजिकको सम्बन्ध बनाएका तत्कालिन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतका टोलीले पुरानो मोवाईलमा लुकाउँदैं नयाँ मोवाईल सेट अनुसन्धानका लागि प्रहरीलाई दिएको तथ्य बाहिरिएको छ ।
अधिकारीसँगैं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र विध ल्याबका सञ्चालक भीमकाण्ड भण्डारीले पुरानो मोवाईल लुकाएर १० दिन अघिमात्र प्रयोगमा ल्याइएको नयाँ मोवाईल सेट परीक्षणका लागि दिइएको रहस्य खुलेको हो ।
स्रोतका अनुसार सरकारी सुन तस्करका नाईके भनेर चिनिने अधिकारी, तस्करीमैं संलग्न माओवादी नेताका पुत्रद्वय राहुल, दीपेश र भण्डारीले पहिला चलाउँदैं आएको पुरानो मोवाईलको आईएमइआई नम्बर र अहिले ल्याएको मोवाईलको आईएमईआई नम्बर फरक–फरक देखिएको छ ।
तस्करीमा फस्ने भएपछि प्रमाण नष्ट गर्दै केही दिन अघि मात्र एक्टिभेट भएको मोवाईल दिएर प्रहरी अनुसन्धानलाई सहयोग नभई असहयोग गरेका छन् । माओवादीका नेता तथा तिनका सन्तान अनेकन् धन्दामा संलग्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी काण्डमा हाईप्रोफाईलका तस्करहरुलाई कारवाही गर्न नै सकेनन् ।
वषौंदेखि तस्करीमा संलग्न महरा, नन्दबहादुर पुनका छोराहरु र माओवादी कार्यकर्ता भण्डारीका विषयमा प्रमाणहरु हुँदा हुँदैं पनि गृहमन्त्री श्रेष्ठको दवावका कारण प्रहरीले सतही अनुसन्धान गरेर उनीहरुलाई बचाउने प्रयास गरेको देखिन्छ । सरकारी कर्मचारी रहेका अधिकारी जहाँ जहाँ र जुन जुन कार्यालयको नेतृत्व सम्हाल्न पुगे, उनले कहीं पनि लुट्न बाँकी नराखेका उनका हर्कतहरुले पुष्टि गरिरहेका छन् ।
तस्करी र भ्रष्टाचारमा वषौंदेखि माहिर खेलाडी अधिकारी झलकराम अधिकारी ६० किलो सुन तस्करी प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेसँगै उदाङ्गो भएका हुन् । सुन तस्करको मुख्य नाईके दावासँगको संवादको सप्रमाण प्रहरीले भेटेपछि अधिकारीलाई अध्यागमनबाट हटाउँदैं सरकारले गृहमन्त्रालयमा तानेको थियो ।
यता, ६० किलो सुनसँगैं यसअघि इलेक्ट्रिक सिगरेट भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी काण्डमा माओवादी नेता कृष्णबहादुर महरासहित उनका छोरा राहुल र पूर्वउपराष्ट्रपति नन्दबहादु पुनका छोरा दीपेशको पनि संलग्नता भेटिएको हो । यता, झलकराम, राहुल, दीपेश र भीमकान्तले ‘क्लिनचिट’ लिने प्रयोजनका लागि मात्रै सीआईबीमा उपस्थित भएर बयान कागज गरेको स्रोतको भनाई छ ।
६० किलो सुन प्रकरणमा माओवादी नेता र तिनका आफन्तको सबैभन्दा बढि संलग्नता भेट्टिएको छ । माओवादीका उपमहासचिव रहेका वर्षमान पुनका भाइ प्रनेश पुन र ठमेलको भियना होटलकी सञ्चालक समेत रहेकी बैनी पर्ने अमला रोका पनि यो गिरोहका मुख्य नाईकेका रुपमा देखिएका छन् ।
अमला सुन प्रकरणका नाइके मानिएका बेल्जिएम दावा छिरिङकी पत्नी समेत हुन् । प्रनेश पुन र दावा पत्नी अमला सुन उत्खनन् तथा प्रशोधन गर्ने कम्पनी भियना मल्टीप्रपोजको व्यापारिक साझेदार समेत रहेको खुलेका छ । अहिले फरार रहेकी अमला पक्राउ परेसँगैं प्रहरीले हाईप्रोफाईलमा रहेर तस्करीमा संलग्नहरुको नकाव अवश्य पनि उतार्ने छ ।
तर यी छ जनालाई नैं प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको संरक्षण रहँदा यिनीहरुमाथि कडा छानबिन र कारवाही अघि बढ्न सकिरहेको छैन । सप्रमाण सुन तस्करीमा संलग्न रहेका यी पात्रहरुलाई जोगाउने चक्करमा प्रधानमन्त्री प्रचण्डले जनतामाझ बढ्दै गईरहेको लोकप्रियता र सरकारप्रतिको विश्वास पनि गुमाएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन