१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
तनहुँ २९ असार । आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई रु दश लाखभन्दा बढी मूल्यको थाइराइड मेशिन प्रदान गरेका छन् ।
गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेशिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकामा दरबन्दी र करारका गरी एक सय ३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरी अस्पताललाई प्रदान गर्ने विषयमा सर्वसम्मत निर्णय भएपछि सहयोग गरेको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतका कर्मचारीले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा धनबहादुर क्षेत्रीलाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा थाइराइड परीक्षण गर्ने मेशिन नहुँदा थाइराइडका बिरामी उपचारका लागि अन्यत्र धाउनु परेकाले मेशिन आएपश्चात् सहज हुने विश्वास गाउँपालिकाले गरेको छ । गाउँपालिकाभित्र धेरै थाइराइडका बिरामी रहेकाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेपछि कर्मचारीले मिलेर मेशिन खरिद गरी अस्पताललाई दिएपछि उपचारमा सहज भएको छ ।
गाउँपालिकाभित्रका नागरिकले सहज रुपमा घरदैलोमा सेवा पाउने हुँदा सबै कर्मचारीको सकारात्मक सहयोगबाट मेशिन खरिद कार्य सहज हुने उहाँले बताउनुभयो । कार्यालय सहयोगी, सुरक्षा गार्ड, सरसफाइ क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीलाई यस अभियानमा सहयोग गर्न अनिवार्य नगरिए पनि स्वस्र्फूत आफूले सकेको आर्थिक सहयोग गरेका थिए ।
उक्त अभियानलाई सफल बनाउन अहोरात्र खटिने कर्मचारीप्रति प्रमुख प्रशासकीय अधिकृत शर्माले धन्यवादसमेत व्यक्त गर्नुभएको छ । उक्त कार्यका लागि गाउँपालिका मातहतका सबै कर्मचारीले तहअनुसारको तलबबाट सहयोग रकम कट्टा गरी अस्पताललाई मेशिन प्रदान गरेर उदाहरणीय कार्य प्रस्तुत गर्नुभएको गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो । गाउँपालिकामा कार्यरत कर्मचारीले आफ्नै पारिश्रमिकबाट अस्पतालका लागि थाइराइड मेशिन खरिद गरी हस्तान्तरण गरेपछि स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । कर्मचारीको पारिश्रमिकबाट अस्पताललाई
थाइराइड मेशिन प्रदान
तनहुँ २९ असार (रासस):
आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई रु दश लाखभन्दा बढी मूल्यको थाइराइड मेशिन प्रदान गरेका छन् ।
गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेशिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकामा दरबन्दी र करारका गरी एक सय ३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरी अस्पताललाई प्रदान गर्ने विषयमा सर्वसम्मत निर्णय भएपछि सहयोग गरेको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतका कर्मचारीले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा धनबहादुर क्षेत्रीलाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा थाइराइड परीक्षण गर्ने मेशिन नहुँदा थाइराइडका बिरामी उपचारका लागि अन्यत्र धाउनु परेकाले मेशिन आएपश्चात् सहज हुने विश्वास गाउँपालिकाले गरेको छ । गाउँपालिकाभित्र धेरै थाइराइडका बिरामी रहेकाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेपछि कर्मचारीले मिलेर मेशिन खरिद गरी अस्पताललाई दिएपछि उपचारमा सहज भएको छ ।
गाउँपालिकाभित्रका नागरिकले सहज रुपमा घरदैलोमा सेवा पाउने हुँदा सबै कर्मचारीको सकारात्मक सहयोगबाट मेशिन खरिद कार्य सहज हुने उहाँले बताउनुभयो । कार्यालय सहयोगी, सुरक्षा गार्ड, सरसफाइ क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीलाई यस अभियानमा सहयोग गर्न अनिवार्य नगरिए पनि स्वस्र्फूत आफूले सकेको आर्थिक सहयोग गरेका थिए ।
उक्त अभियानलाई सफल बनाउन अहोरात्र खटिने कर्मचारीप्रति प्रमुख प्रशासकीय अधिकृत शर्माले धन्यवादसमेत व्यक्त गर्नुभएको छ । उक्त कार्यका लागि गाउँपालिका मातहतका सबै कर्मचारीले तहअनुसारको तलबबाट सहयोग रकम कट्टा गरी अस्पताललाई मेशिन प्रदान गरेर उदाहरणीय कार्य प्रस्तुत गर्नुभएको गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो । गाउँपालिकामा कार्यरत कर्मचारीले आफ्नै पारिश्रमिकबाट अस्पतालका लागि थाइराइड मेशिन खरिद गरी हस्तान्तरण गरेपछि स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।