
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
गलकोट, १९ असार । बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो ।
बालबालिकालाई पूर्णखोपको रूपमा लिन १५ महिनाभित्रै १३ प्रकारका खोप लगाइसक्नुपर्ने व्यवस्थाअनुसार बागलुङ जिल्ला पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष विनोदबिन्दु शर्माले पूर्णखोप जिल्ला घोषणा गर्नुभएको हो ।
सो अवसरमा उहाँले स्वास्थ्यकर्मीको निरन्तरको मेहनतका कारण बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा भएको र छिट्टै गण्डकी प्रदेशलाई पूर्णखोप सुनिश्चिता प्रदेश घोषण गरिने जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशको स्वास्थ्य प्रणाली देशमै उत्कृष्ट हुनुमा स्वास्थ्यकर्मीको ठूलो सहयोग रहेको जनाउँदै स्वास्थ्य सेवासँगसँगै स्वास्थ्यकर्मीको व्यवहारसमेत सेवामैत्री हुन आवश्यक रहेको बताउनुभयो ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ मा खोप सेवालाई आधारभूत निःशुल्क स्वास्थ्य सेवाको सूचीमा दर्ता भएसँगै खोप ऐन, २०७२ तथा नियमावली, २०७४ र प्रदेश खोप ऐन, २०७५ ले गुणस्तरीय खोप सेवा सुनिश्चितताका लागि तय गरिएको कानुनी प्रावधानअनुसार बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको जनाइएको छ । पन्ध्र महिनाभित्रै पूर्णखोप नलिएका बालबालिकालाई पाँच वर्षभित्रको उमेरमा खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।
“बागलुङ जिल्लामा एक सय ८३ खोप केन्द्रबाट प्रत्येक महिना एक सय ९३ खोप सेसनद्वारा निरन्तर खोप कार्यक्रम गरिएको छ । हरेक बालबालिकाले जन्मपश्चात पोख लगाउन पाउनु नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गमा पुर्याउनु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “जिल्लामा २०६७ सालबाट पूर्णखोप कार्यक्रम थालनी भएको र २०७५ असार २५ गते पूर्णखोप जिल्ला घोषणा भएको थियो । त्यसको दोस्रोरूपमा जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा अहिले घोषणा गरिएको छ ।” उहाँका अनुसार घोषणा हुँदा पूर्णखोप पाइसके पनि दिगोपनाको सुनिश्चितता नभए पनि अबदेखि पूर्णखोपमात्रै नभएर पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।
बागलुङमा गत माघदेखि जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घर–घरमा गई खोप छुट भएका पाँच वर्षमुनिका बालबालिकाको खोजी गरी भेटिएका बालबालिकालाई खोप लगाउने कार्य भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो ।
बागलुङ जिल्लाका १० स्थानीय तहका सम्पूर्ण वडा, पालिका पूर्णखोप सुनिश्चतता दिगोपना जिल्ला घोषण गरिएको हो । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको रोहबरमा जिल्लाका जन्मेदेखि १५ महिनासम्मका बालबालिका चार हजार छ सय ७७ र १५ देखि ५९ महिनाका १० हजार तीन सय १८ बालबालिकाले पूर्णखोप प्राप्त गरेपछि बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।
तेह्र क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखला, लहरेखोकी, धनुष्टङ्कार, पोलियो, स्टेपटोकोकस निमोनिया, भ्यागुते रोग, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुवेला, जापानिज इन्सेफ्लाइटिस र टाइफाइडको खोप लगाइने गरिएको छ । यी सबै रोगबाट बच्नका लागि पूर्णखोपको आवश्यकता हुने स्वास्थ्यकर्मीको भनाइ छ । पूर्णखोप सुनिश्चिता दिगोपना जिल्ला घोषणा कार्यक्रमलाई दिगोपनामा जोड निुपर्ने बागलुङका स्थानीय तहका प्रमुखले प्रतिबद्धता जनाएका थिए ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण