
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा, १४ असार । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।
महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।
महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थामा रोग लाग्नबाट बचाउन निदानात्मक सेवा सञ्चालन भइरहेको र आगामी आव जनसङ्ख्या तथा भूगोलका आधारमा छनोट भएका विभिन्न चार स्वास्थ्य संस्थामा यस्तो सेवा प्रवाह गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
करिब ९८ प्रकारका निःशुल्क औषधि वितरणका लागि महानगरपालिकाले औषधि खरिद तथा आपूर्ति गर्दै आइरहेको र अत्यावश्यक औषधि नियमित आपूर्तिको सुनिश्चितता गर्न पर्याप्त बजेट विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ ।
महिलाका लागि स्वास्थ्य जोखिम मानिएको प्रजनन स्वास्थ्य, आङ खस्ने समस्या, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन तथा आमा एवं शिशुका लागि पोषण व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
सहरी क्षेत्रमा नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दो रहेको यस्तो प्रकोप जोखिम न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ ।
नेपाल सरकारले तोकेको मापदण्डबमोजिम विभिन्न स्वास्थ्य संस्थासम्बन्धी पूर्वाधार निर्माणलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ । महानगरको एकमात्र शिशु अस्पतालमा विशेषज्ञ सेवा थप गर्न र मिर्गौला रोगको डायलायसिस सेवा आरम्भ गर्न रु एक करोड एवं कोभिड–१९ लगायत सरुवा रोग, महामारी नियन्त्रण, विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।
महानगरपालिकाको समग्र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न र जनस्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्न सङ्घीय कार्यक्रमसहित कुल रु ३५ करोड ५६ लाख बजेट प्रस्ताव गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी