
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ, ३० जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै मन्त्री ज्वालाले जनसरोकारका विषयमा हुने ढिलासुस्ती, आर्थिक अनियमिततासँग सम्बन्धित रहेकाले त्यसको न्यूनीकरण गरी सुशासन कायम गर्न सकिने बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रुपमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत तथा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिँदै समाजवादी अर्थव्यवस्थाले नागरिकलाई सामाजिक न्याय, समानता र आत्मनिर्भरको अवसर प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।
मन्त्री ज्वालाले गुटबन्दीको अन्त्य गर्न आग्रह गर्नुभयो । पार्टीका नीति तथा कार्यक्रमलाई पनि प्राथमिकता दिएर विचार, सिद्धान्त र निर्णय सम्प्रेषण गर्न उहाँले सुझाव दिनुभयो ।
सङ्गठनका नवनिर्वाचित अध्यक्ष विश्वमणि सुवेदीले समाजवादी प्रेस सङ्गठन सधँैभरि श्रमजीवी पत्रकारका पक्षमा रहेको र यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सङ्गठनको यही जेठ २६ र २७ गते काठमाडौँमा आयोजित प्रथम अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका पदाधिकारीलगायत उपस्थित थिए । रासस