
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय रैथाने बालीलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफपछि सांसदका प्रश्नको उत्तर दिनुहुँदै उहाँले पहिले फल्ने तर अहिले विभिन्न कारण उब्जनी हुन छोडेका गहतलगायत बाली उत्पादन जोड दिने प्रतिबद्धता जनाउनुभयो । साधन स्रोत बढ्दै जाँदा सबै क्षेत्रमा बजेटका आकार पनि बढ्ने भनाइ मन्त्री महतको थियो ।
बैठकमा सांसदहरु अमृत राजवंशी, मङ्गल गुप्ता, रामहरि खतिवडा, भीमप्रसाद आचार्य, महेन्द्रबहादुर शाही, पदम गिरी, छिरिङ डण्डुप लामा भोटे, रामकुमार राई, अर्जुननरसिंह केसी, श्याम घिमिरे, बिजुला रायमाझी, प्रतीक्षा तिवारी, सम्झना थपलिया, हरि उप्रेती, अमृतादेवी अग्रहरि, रेखा यादव, मञ्जु शर्मा अन्सारी, गीता बस्नेत, शिव नेपाली, विराजभक्त श्रेष्ठ, नागिना यादव, लेखनाथ दाहाल, ऐनबहादुर शाही, मैना कार्की लगायतले मन्त्री महतले दिनुभएका जवाफका विषयमा प्रश्न गर्नुभएको थियो ।
उहाँहरुले कोरोनाअघि हनुमानढोका दरबार स्वयम्भूजस्ता सांस्कृतिक क्षेत्रबाट नै वार्षिक रु ४० करोड राजस्व आउने गरेको उल्लेख गर्नुहुँदै बजेट सबै क्षेत्रमा सन्तुलित रुपमा विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । रासस