
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
तनहुँ, २९ जेठ । हङ्कङमा रहेका तनहुँवासीको मुठीदानबाटै यहाँकोे शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा हालसम्म करिब रु ६० लाख खर्च भइसकेको छ । हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई २०५६ सालमा ‘तनहुँ सेवा समाज हङ्कङ’ स्थापना गरेपछि यहाँको सामाजिक तथा परोपकारी काममा आर्थिक सहयोग हुँदै आएको हो । यस संस्थाले हालसम्म तनहुँमा करिब ६० लाख खर्च गरिसकेको उक्त संस्थाका पूर्वअध्यक्ष भीमराज गुरुङले बताउनुभयो ।
उक्त रकम जुटाउन सो संस्थामा आवद्ध ५७ जनाको मुठीदान नै मुख्य रहेको उहाँले जानकारी दिनुभयो । आफूहरुले २०७० सालमा हङ्कङमा बाराही साँझ नाम दिएर सांस्कृतिक कार्यक्रम गरेपछि बचत भएको करिब रु पाँच लाखबाट समाज सेवा अभियान थालिएको अध्यक्ष गुरुङको भनाइ थियो ।
“हामीले करिब १० वर्षको अवधिमा तनहुँमा मात्रै करिब रु ५५/६० लाख खर्च गरिसकेका रहेछौंँ,” पूर्वअध्यक्ष गुरुङले भन्नुभयो, “समाज सेवाबाट पाइने हौसला र आत्मसन्तुष्टिले नै यतिका काम गर्न सकेका हौँ ।समाजले तनहुँको छाब्दी बाराही र ढोर बाराही मन्दिरमा करिब रु २५÷२५ हजारको एक÷एकवटा घण्टा राखेर समाज सेवा थालेको थियो ।”
थप्रेक, क्यामिन कोटथोक र सारडाँडा भीमाद खानेपानी योजनाका लागि करिब रु एघार लाख, भूकम्पले क्षति पुगेका एक मदरसा र २३ विद्यालयलाई रु १३ लाख, जिल्लामा बहुअपाङ्गता भएका १० विद्यालयका विद्यार्थीलाई लत्ताकपडाको लागि सात वर्षसम्म आर्थिक सहयोग, २०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा रु तीन लाख ५० हजार, कोरानाको महामारीमा जिल्लाको दसवटै पालिकामा रु १५/१५ हजार बराबरको पञ्जा र सेनिटाइजर, व्यास १० मा बन्दै गरेको कोभिड अस्पताललाई रु एक लाख ५० हजार, पत्रकार महासङ्घ नेपाल तनहुँ शाखा भवन निर्माणका लागि रु ७० हजार उपलब्ध गराइएको थियो ।
यसैगरी आठ मिर्गाैलापीडित, एक मुटु रोगी, एक करेन्टले हात गुमाएका व्यक्ति, पहिरोमा घर बगाएको एक परिवार र एक क्यान्सर पीडित गरी १२ जनालाई करिब रु १५ लाख उपलब्ध गराउनाका साथै ग्रामीण विकासमा कलम चलाउने सात मोफसलका पत्रकारलाई पुरस्कारस्वरुप रु ७० हजार गरी करिब रु ६० लाख खर्च गरिएको थियो ।
समाज सेवामा आफूहरु अग्रसर भएपछि तनहुँवासीको हेर्ने दृष्टिकोण समेत सकारात्मक भएको आफूले पाएको उहाँले बताउनुभयो । गत वैशाखदेखि रक्त क्यान्सरले थलिएर महँगो उपचार गराउँदै आएको आफूलाई रकम अभाव भएपछि उक्त समाजमार्फत उपचारको लागि रु तीन लाख ७५ हजार प्राप्त भएकोले हौसला मिलेको भानु १३ पोखरीछापकी ४३ वर्षीया जमुना गुरुङले बताउनुभयो ।
हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई तनहुँको विकास, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा खटिनुले सकारात्मक सन्देश प्रवाह भएको तनहुँ समाज हङ्कङका जनसम्पर्क संयोजक प्रदीप काफ्लेले बताउनुभयो । अन्य देशमा रहेका तनहुँवासीले समेत तनहुँ समाज हङ्कङको अनुकरण गरे तनहुँको विकासमा टेवापुग्ने उहाँको भनाइ थियो । आफूहरु जन्मिएको क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले सहयोगमा जुटेको उक्त समाज हङ्कङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । रासस