
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
कास्की, २७ जेठ । इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ । कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।
विसं २०१४ मा कुुष्ठ प्रभावितको स्वास्थ्य समस्या तथा उपचार केन्द्रका लागि नयाँ गाउँमा हरियोखर्क अस्पताल निर्माण गर्ने तत्कालीन बेलायती नागरिक आइलिन लज र बेट्टी बेलीको स्मरणमा निर्माण गरिएको सो भवनमा ३० शय्या छन् । यससँगै अस्पतालमा एक सय शय्यामा कुष्ठरोगका बिरामीको उपचार हुने बताइन्छ ।
हरियोखर्क अस्पतालमा छाला तथा कुष्ठरोग, मेरुदण्ड पक्षघात, कानसम्बन्धी रोगहरुको निदान, हाडजोर्नी, शारीरिक पुनःस्थापना सेवालगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । आइलिन एण्ड बेट्टी सेन्टर भवन रु दुई करोड ७४ लाख ४९ हजार ७०४ लगायतमा निर्माण गरिएको आइएनएफका स्वास्थ्य सेवा निर्देशक डा अरुणकुमार बुढाले बताउनुभयो । उहाँका अनुसार भवनमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ५० लाख, आइएनएफ युकेको रु एक करोड एक लाख १२ हजार र आइएनएफ क्यानाडको रु २३ लाख ३७ हजार ७०४ लगानी भएको छ ।
सुविधासम्पन्न नयाँ भवन निर्माण र शय्या वृद्धि भएसँगै बिरामीको उपचारमा सुविधा पुग्ने अस्पतालले जनाएको छ । आइएनएफले विसं २००९ देखि नेपालका गरिब तथा सुविधाबाट वञ्चित नागरिकको जीवनमा सहजता ल्याउने उद्देश्यले विपन्न र विकट समुदायमा स्वास्थ्य तथा विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आइएनएफले पोखरा, बाँके र सुर्खेतमा अवस्थित आफ्ना तीन अस्पतालमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ । हाल हरियोखर्क अस्पताल कुष्ठरोगको उपचारका लागि पर्यायवाची बनेको छ । हरियोखर्क अस्पताललाई अपाङ्गतामा आधारित पाँच सय शय्याको विशिष्ट अस्पालको रुपमा विकास गर्दै लैजाने भावी कार्यक्रम रहेको बताइन्छ । आइएनएफले शून्य कुष्ठरोग रणनीतिसमेत सार्वजनिक गरेको छ ।
आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न संस्थाले रणनीतिक योजना तयार गरेको बताउनुभयो ।
सरकारको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको अध्यक्ष तिमोथीले बताउनुभयो । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न उनीहरूलाई पुनःस्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएनएफले योगदान गरेको छ । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ