
१झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
२मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
३अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
४सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
६पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
७पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
८मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
९पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
१०फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
११शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
१२नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
गण्डकी, २३ जेठ । वातावरण र प्राणी जगतमा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ ।
एकाउन्नाँै विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको न्यूनीकरणसँग अनुकूलित हँुदै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथका आयोजित कार्यक्रममा वक्ताले नकुहिने र जलाउँदा विषालु ग्यास उत्सर्जन हुने प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिएका थिए ।
पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले नयाँ पोखरा सामुदायिक उपभोक्ता वन समूह उज्यालो डाँडा काहुमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै समूहले वन र वातावरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
वन क्षेत्रलाई मुलुकको समृद्धिको अभियानमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वन तथा वातावरण संरक्षणमा सबैसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गनुभयो ।
पोखराबाट नजिकमा अवस्थास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको काहुडाँडालाई रङ्गीचङ्गी फूलहरुको डाँडाका रुपमा परिणत गरी थप पर्यटकको आकर्षण बढाउने लक्ष्यका साथ गुलमोहर, कल्की, जमारन्दा, टेकोमा, लालीगुराँसलगायत विभिन्न जातका सात सयभन्दा बढी बिरुवा रोप्ने कार्यक्रम रहेको वन समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले जानकारी दिनुभयो ।
त्रिपन्न घरधुरी उपभोक्ता एक सय ७५ रोपनी क्षेत्रफल रहेको उक्त वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीय जनसहभागी १२ लाख गरि कूल ३२ लाखको लागतमा वन क्षेत्रको संरक्षणका लागि पक्की पर्खाल लगाउने कार्य सुरु भएको उहाँको भनाइ छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, पोखरा–११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, वातावरण महाशाखाका निर्मल भण्डारी, वातावरण प्रेमी चन्द्रबहादुर गुरुङलगायतले वातावरण सन्तुलन राख्न वन क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
डिभिजन वन कार्यालय कास्कीबाट निःशुल्करुपमा उपलब्ध गराइएका बिरुवा रोप्ने कार्यक्रममा वन उपभोक्तासहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं विद्यार्थीको बृहत् सहभागिता थियो ।
अवसरमा डिभिजन वन कार्यालय कास्कीको आयोजना एवं पोखरा–२८ मैदीपोखो सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा वृक्षरोपण कार्यक्रमको आयोजना गरियो ।
उक्त वन क्षेत्रमा विगतमा गएको ठूलोपहिरोको संरक्षणका लागि बायोइञ्जिनियरिङ प्रविधिको प्रयोगसहित बाँसरोपण अभियान सुरु गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे वृक्षरोपण कार्यक्रमको शुभारम्म गर्दै नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै यसबाट वातावरणीय तथा कार्बन सञ्चितिमा महत्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा स्थानीय मुरली बाँसका पाँच सयभन्दा बढी बिरुवा रोपिएको थियो । पहिरो क्षेत्रमा अघिल्लो वर्षसमेत बाँस, तेजपातलगायतका विभिन्न प्रजातिका तीन सय बिरुवा रोपिएको थियो । रोपिएका बिरुवामध्ये ८० प्रतिशत हुर्केको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो ।
विश्व वातावरणका अवसरमा पोखरा सहर तथा आसपासका क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था लगायतले फोहर सङ्कलन एवं व्यवस्थापनसँगै वातावरणसम्बन्धी विविध चेतनामूलक कार्यक्रमको आयोजना गरेको थिए । रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने