
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
गोरखा, २७ वैशाख । शहीद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेशभूषा, तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा वडा कार्यालयले विनियोजन गरेको रु १४ लाख बजेटबाट सङ्ग्रहालय निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो । “स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा सङ्ग्रहालय निर्माण गरिएको हो”, वडाध्यक्ष थापाले भन्नुभयो, “उपभोक्ता समितिमार्फत निर्माण गरिएको सङ्ग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।”
सङ्ग्रहालयमा अल्पसङ्ख्यक चेपाङ जातिको भेषभुषा, परम्परागत रुपमा प्रयोग गर्ने सामग्री राखिने उहाँले बताउनुभयो । “पछिल्लो समय चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने सामाग्री लोप हुने अवस्थामा छन्”, वडाध्यक्ष थापाले भन्नुभयो, “आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीय स्तरबाट नै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो ।”
गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो । “यहाँ चेपाङको मात्र बस्ती छ, अन्य जातिको बसोबास नै छैन”, वडाध्यक्ष थापाले भन्नुभयो, “ढाडे गाउँ, डाँडागाउँ, तेस्रे गाउँमा सबै चेपाङ समुदायका मान्छे बस्दै आएका छन् ।” निर्माण सम्पन्न गरिएको सङ्ग्रहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
सङ्गहालयमा चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने वेशभूषा, भाङ्ग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्री लगायतका सबै खालका परम्परागत सामग्री राखिने उहाँको भनाइ छ । सङ्ग्रहालयमा हरेक वर्षको एक दिन चेपाङ समुदायले मनाउने न्वागी पर्वका दिन कार्यक्रमको आयोजना गरिने र सो समुदायको क्षमता विकासका लागि छलफल तथा बैठक गरिने वडाध्यक्ष थापाको भनाइ छ ।
चेपाङको परम्परागत वेशभूषामा महिलाका लागि गून्यु–चोलो, पुरुषका लागि दौरा–कछाड र त्यसमा जाली भरिएको स्टकोट हुन्छ । साथमा पछाडीपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ । त्यस्तै, परम्परागत चेपाङ समुदायको गरगहनाका रुपमा मुगा, हारेमालालाई लिइन्छ । यस्ता गरगहना लगाउने परम्परा पनि बिस्तारै उक्त समुदायबाट लोप हुँदै गएको छ । आफ्नो परम्परा र संस्कृति लोप हुन नदिन स्थानीय सरकारको पहलमा सङ्ग्रहालय बनेपछि चेपाङ समुदाय पनि खुसी भएको स्थानीयवासी जगबहादुर चेपाङले बताउनुभयो । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति