
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ, २४ वैशाख । नेकपा (माओवादी केन्द्र) सांसद गङ्गाकुमारी बेल्वासेले वर्तमान सरकारले छोटो समयमा प्राप्त गरेको उपलब्धि र सन्देशले जनतामा विश्वास र भरोसा जागेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधाँै अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उहाँले लोकतन्त्रका लागि ठूलो सङ्घर्ष गरेका राजनीतिक दलले एक–अर्कालाई दोषारोपण गर्नुका साटो जनता र देश हितमा मिलेर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सरकार र प्रतिपक्षबीच विश्वास बढ्दै गएको छ, समयमै विद्यार्थीले पुस्तक पाएका छन्, राष्ट्रिय आविष्कार केन्द्र र मिटरब्याज पीडितका मुद्दा सम्बोधनको प्रयासले जनतामा विश्वास बढेको हो ।”
नक्कली भूटानी शरणार्थी बनाएर मानव तस्करीमा संलग्नलाई जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने घोषणाले जनतामा आशा र विश्वासको वातावरण बनेको उल्लेख गर्दै सदस्य बेल्वासेले गृहमन्त्रीले कुनै राजनीतिक प्रभावमा नपरी अनुसन्धान गर्न दिएको निर्देशनले सुशासनका लागि भरोसा जगाएको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का जयन्ती राईले नौ सयभन्दा बढी नागरिकलाई गैरनेपाली बनाएर बेचिएको नक्कली भूटानी शरणार्थी प्रकरणमा देशका ठूला र चर्चित भनिएका मानिस संलग्न रहेको घटनाले राजनीतिक र कर्मचारीतन्त्रलाई बदनामी तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेता भ्रष्टाचारी र बेइमानी हुन् भनेर चिनिनुपर्ने भएको छ । घटनामा संलग्नलाई कानूनी कठघारामा ल्याउनुपर्छ । आज दिनप्रतिदिन राजनीतिक दलप्रति जनतामा वितृष्णा छ, यस्ता घटनाले जनताले विकल्प खोज्ने परिस्थिति उत्पन्न भएकोतर्फ सबै शक्ति समयमै सच्चिन जरुरी छ ।”
जनता समाजवादी पार्टी (जसपा) का प्रमिला कुमारीले सरकारले भूमिहीनलाई लालपुर्जा जनसङ्ख्याका आधारमा वितरण गर्न, समयमै कृषि मलको व्यवस्था मिलाउन तथा मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “नक्कली शरणार्थी र आर्थिक चलखेल गर्नेलाई कानूनी दायरामा ल्याउने प्रयास सराहनीय छ । मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउनुपर्छ ।”
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंहले नागरिकता विधेयक र शिक्षासम्बन्धी विधेयक यसै अधिवेशनमा ल्याउन पर्ने आवश्यकता औँल्याउँदै नेपाल र नेपालीको अनुहार फेर्न सबै नेपाली मिलेर काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले महँगीले जनताको ढाड सेकिएर दैनिक जीवन कष्टकर बन्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नक्कली भूटानी शरणार्थी प्रकरणले देशकै लाज लाग्ने अवस्था सिर्जना भएको छ, कम्युनिष्ट सच्चा राष्ट्रवादी र अनुशासित हुन्छ भन्ने बुझाइलाई जनयुद्ध लडेको व्यक्तिकै संलग्नताको यस घटनाले गलत साबित गरेको छ ।”
उक्त घटनामा संलग्न जो कोहीलाई पनि नछाडिने गृहमन्त्रीको उद्घोषलाई धन्यवाद दिँदै उहाँले बलियो कदम चालेर दृढ इच्छाशक्तिका साथ काम गरिएको खण्डमा छोटै समयमै उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।
यसैबीच, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश, २०८० सभासमक्ष पेस गर्नुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !