News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खुट्टा कमाउनुहुँदैन’: अध्यक्ष नेपाल 

मोरङ, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उहाँले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।”