
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
पोखरा, १९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणको थालनी गरिने उहाँले बताउनुभयो । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई पराजित गरी एसिया कपमा छनोट भएपछि नेपाली टोलीलाई सामाजिक सञ्जालबाट बधाई ज्ञापन गर्दै मुख्यमन्त्री पाण्डेले क्रिकेट खेलका आवश्यक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
कमजोर खेल पूर्वाधारका बीचमा नेपाली टोलीले उच्चस्तरीय प्रदर्शन गरेकामा उहाँले टिमका सबै खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नेपालको जीत सारा नेपालीको भावनासँग जोडिएको छ । कमजोर पूर्वाधारका बीच यति उच्चस्तरीय प्रदर्शनबाट पुलकित भएको छु । साथै गण्डकीको क्रिकेट विकासका लागि सरकारको नेतृत्वका हिसाबले केही नयाँ गर्ने अठोट लिएको छु ।”
गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम निर्माणका लागि प्रदेश सरकारले पटकपटक नीति कार्यक्रम तथा बजेटमा समावेश गरे पनि काम अघि बढ्न सकेको छैन । यसअघि विसं २०७७ मा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएको थियो ।
पशुपतिघाटको एक सय १७४ रोपनी क्षेत्रफल जमिनमा २० हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना बनाए पनि त्यसपछिका अन्य काम भने सुरु हुन सकेको छैन । पोखरा रङ्गशालाभित्रको एक मात्र क्रिकेट मैदानमा अहिले विभिन्न क्रिकेटका प्रतियोगिता सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिस्तरका प्रतियोगिताका लागि वैकल्पिक मैदान अनिवार्य हुने भएकाले पूर्वाधार अभावमा ठूला प्रतियोगिता हुन सकेको छैन ।-रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !