
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
नारायण न्यौपाने, काठमाडौँ, ११ वैशाख । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको राज्यशक्तिको स्रोत, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको भन्दै २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गर्नुभयो ।
तत्कालीन राजाले सो दिन जारी गर्नुभएको शाही घोषणामा भनिएको थियो, “बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शाीन्त, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दललाई आह्वान गर्दछौँ ।”
नेपाली जनताद्वारा लामो सङ्घर्ष र बलिदानमार्फत प्राप्त प्रजातन्त्रलाई बेवास्ता गरी शासनसत्ता सञ्चालन गर्दै आएका राजाले तत्कालीन सात राजनीतिक दलको मार्गचित्रका आधारमा अघि बढ्ने घोषणा गरेकोे दिनलाई लोकतन्त्र दिवसका रुपमा लिँदै आइएको छ ।
मुलुकका प्रमुख राजनीतिक दलका नेताहरुले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि वैशाख ११ गते ऐतिहासिक क्षण भएकाले यसको महत्वलाई हेक्का राखी कमीकमजोरीलाई सच्याएर अघि बढ्ने प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जनता सार्वभौमसम्पन्नतातर्फ अघि बढ्नेक्रम र सफलताको पहिलो चरणका रुपमा आजको दिनलाई स्मरण गर्दै उहाँहरुले जनता र सबै राजनीतिक दलबीचको एकताबद्ध प्रयासको आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सफलतातिर अघि बढिरहेको घटनाका रुपमा सम्झिएको प्रतिक्रिया दिनुभयो ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख ११ गतेको जगमा प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्ने क्रममा हामीले कहीँकतै कमीकमजोरी त गरिरहेका छैनौँ भन्ने प्रश्न मनमा उठिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “देशलाई एकताबद्ध बनाउने प्रयासमा संविधानसभाबाट समझदारीको संविधान बनाइयो, जनताको आर्शिवाद लिएर जुनसुकै परिवर्तन गर्न सकिन्छ भन्ने मानक स्थापित गरियो, उपलब्धि कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा कमजोरी देखिएमा सच्याउँदै अघि बढ्छौँ भन्ने प्रतिबद्धता गर्नुपर्छ ।”
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले सङ्घर्ष गरेर लोकतन्त्र प्राप्त गरेको दिनलाई ऐतिहासिक र महत्वपूर्ण घटनाका रुपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका उपलब्धिलाई लोकतन्त्र ल्याउनेले कति सदुपयोग वा दुरुपयोग गरे त्यो आफ्नो ठाउँमा छ, तैपनि आजको दिन मुुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिका हिसाबले महत्वपूर्ण छ ।”
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले तत्कालीन राजाले राजनीतिक दलले लोकतन्त्रका लागि राखेको अडानप्रति नतमस्तक हुँदै घोषणा गरेको ऐतिहासिक दिनका रुपमा वैशाख ११ लाई स्मरण गरेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “त्यो दिनले नेपालको राजनीतिक पाटोलाई इतिहासमै एउटा कोल्टो फेराउने काम गरेको छ, यो ठूलो राजनीतिक उपलब्धिको घटना नै हो भन्ने लाग्छ, यसबीचका उपलब्धिलाई इतिहासले मूल्याङ्कन गर्ने नै छ ।”
नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले मुलुकमा निरङ्कुशताविरुद्ध लोकतन्त्रका लागि तत्कालीन सात दल र माओवादीबीचको आन्दोलन, जनता र लोकतन्त्रको विजय तथा निरङ्कुशताको पराजयको घटनाका रुपमा आजको दिनलाई स्मरण गरिने प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “गणतन्त्रको घोषणा, अन्तरिम संविधान निर्माण, संविधानसभा निर्वाचन, गणतन्त्रको कार्यान्वयन, संविधान जारी, समानुपातिक र समावेशी सिद्धान्त कार्यान्वयन गर्ने विषय त्यही आन्दोलन र दिनको उपलब्धि हुन, उपलब्धिलाई थप प्रभावकारी तुल्याउन सबै निष्ठापूर्वक लाग्नुपर्छ ।”
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले आजको दिनलाई राजनीतिक प्रतिगमन समाप्त भएको घटनाका रुपमा लिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “आजको दिन प्रतिगमन समाप्त भयो, त्यसपछि पनि फेरि प्रतिगमन सुरु भएको स्मरण गर्नुप¥यो, प्रतिगमन अन्त्य गर्ने भनेको गरिबी, बेरोजगारी, महँगी र भ्रष्टाचार नियन्त्रण हो, त्यो हुन सकेन । एउटा समाप्त भए पनि अर्काे बाँकी नै रह्यो ।”
जनता समाजवादी पार्टी नेपालका नेत्री रञ्जुकुमारी झाले राजनीतिक परिवर्तन र उपलब्धिका दृष्टिले २०६२÷६३ को आन्दोलन उत्कर्षका कारण सङ्घीयता, गणतन्त्र र समावेशीका उपलब्धि उपभोग गर्न पाइएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संविधानसभाबाट संविधान जारी भएको छ, त्यसपछि भएका अभ्यासलाई जोश र जाँगरले अघि बढाउनुपर्नेमा, त्यसो हुन सकेन, त्यसले अनेक खालका टीकाटिप्पणी भए, नेतामा नैतिकता र सिद्धान्तको अभाव खड्कियो, यसमा सुधार ल्याउनुपर्छ ।” -रासस