
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
पोखरा, ८ वैशाख । दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढ्दै गएपछि राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले पोखरा महानगरपालिका वडा नं. ७ मा मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज शुक्रबार सम्पन्न गरेको छ ।
‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ आयोजित अभिमूखीकरणमा विभिन्न क्षेत्रका गरी ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको आयोजना राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले गरेको थियो भने समन्वय वडाले गरेको थियो । कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरे र अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले सहजीकरण गरेका थिए ।
दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढ्दै गईरहेकोले यसका न्यूनीकरण गर्न हरेक वडाहरुमा क्रमशः यस्तै अभिमूखीकरण कार्यक्रमको आयोजना गरिने कोशिश संस्थाका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिए । संस्थाले पोखरा महानगरपालिकाका वडाहरु ५, ६, ९, २१, २२, २४, २५ र ३० मा यस अघि नै अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
विभिन्न परिस्थिति वा कठिनाईसँग जुध्ने क्रममा उत्पन्न तीव्र लगातार मनोविचलनका अवस्थामा व्यक्तिले अन्तिम विकल्पका रुपमा बाध्यात्मक मृत्युवरण गर्न पुग्ने अवस्थाको जोखिमलाई कम गर्न यस्ता अभिमूखीकरण कार्यक्रमहरु सहयोगी हुने कोशिशका परियोजना संयोजक घिमिरेको भनाई थियो ।
संयोजक घिमिरेले भने–‘यस्तो अवस्थामा पुगेका व्यक्तिले आफ्नो परिवार, समाज र साथीभाइसँग आफूले भोगेका पीडालाई भन्ने प्रयास गरिरहेका हुन्छन् । यस्तो अवस्थामा परिवार, समाज र साथीभाइले व्यक्तिको समस्या एवं भावनाहरु पूर्वाग्रह नराखी गोपनियताका साथ सुनिदिने उपयुक्त वातावरण निर्माण भएको खण्डमा यस्ता आत्महत्याको जोखिम घटाउनलाई सहयोग पुग्दछ ।’
कार्यक्रममा आत्महत्या भनेको के हो, बढि जोखिममा को पर्दछन् ? चेतवानीका संकेतहरु के के हुन् ? कसरी सहयोग गर्ने लगायतका विषयमा जानकारी दिइएको थियो । आत्महत्याको सोच विचार, योजना बनाएका वा प्रयास गरेका व्यक्तिसँग कुरा गर्दा गर्न हुने र नहुने विषयहरुका बारेमा पनि जानकारी दिइएको थियो ।
आत्महत्याको सोंच, रोकथामका लागि मानसिक र मनोसामाजिक सुस्वास्थ्यलाई दिइनु पर्ने प्राथमिकता, आत्महानी र आत्महत्याको लागि जोखिम समूह, आत्महानी र आत्महत्याको कारण तथा व्यवहार बढाउने तत्वहरु, आत्महत्याको जोखिम र खतराका सूचकहरु, आत्महत्याको जोखिमको न्यूनीकरण गर्न सक्ने सुरक्षात्मक उपायहरु र आत्महत्या सम्बन्धि भ्रम र यर्थाथका बारेमा कोशिश संस्थाका अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले पनि सहजीकरण गरेकी थिईन् ।

पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्य
पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक वडासदस्य बसुन्धरा लामिछानेले गरेकी थिईन् । कार्यक्रमको समापन गर्दै वडाध्यक्ष आचार्यले यस्ता अभिमूखीकरण कार्यक्रमहरुको आवश्यकता हरेक वडा–वडा र टोल–टोलमा भएकोले स्थानीय निकायले पनि सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !