News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

मिटरब्याजीहरुबाट पीडित देशभरका जनताहरु पटक–पटक आन्दोलित भईरहेका छन् । गुन्डागर्दी र कानुनी पासोमा अल्झाएर सोझासाझा गरिबहरुलाई ठग्ने यस्ता धन्दामा सक्रियहरुको विरुद्धमा सरकारले नीतिगत रुपमा नै कदम चाल्न पहिलोपटक मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको हो । तस्विर साभार

काठमाडौँ, ७ वैशाख । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

“मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ”, उहाँले भन्नुभयो, “उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।”

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताउनुभयो ।