
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २६ चैत । गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।
आज उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो ।
सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्म छ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उच्चस्तरीय टोलीले आज बिहान पोखरा–मुग्लिन सडकखण्ड विस्तार आयोजनाको पश्चिम खण्डको सुरुआत विन्दु पोखराको सेती नदीपुलबाट अनुगमन सुरु गरेको हो । टोलीले हालसम्मको कामको प्रगति, आयोजनाको ढिलाइका कारण र समस्याका बारेमा जानकारी लिएको मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमखण्डमा सुरु भएको अनुगमन पूर्वीखण्डसहित मुग्लिनसम्म हुनेछ । आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजनाको पश्चिम खण्डको काम ढिलाइ भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री सहितको उच्चस्तरीय टोली आएको हो ।” निरीक्षणका क्रममा निर्माण कम्पनीबाट काममा ढिलाइ भएपछि कामको गति कसरी बढाउन सकिन्छ भनेर छलफल भएको थियो । आयोजनामा देखिएका समस्या समाधान गरी तोकिएको मितिमा सडक विस्तार सम्पन्न गर्नेतर्फ सबैले चासो दिनुभएको उहाँको भनाइ छ ।
सो क्रममा आयोजनामा देखिएका समस्या सरकारले समाधान गर्ने र तोकिएको समयभित्रमै सडक निर्माण सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई अनुगमन टोलीले निर्देशन दिएको थियोे ।
सडक विस्तारका लागि विद्युत् र खानेपानीका पाइप स्थानान्तरण, मापदण्डभित्र परेका घरलाई मुआब्जा दिएर खाली गर्ने लगायतका समस्या रहेको आयोजनाले जनाएको छ । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो बनाउन लागिएको छ ।
पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड पोखरामा स्थापना भएको मुग्लिन–पोखरा सडक योजना कार्यालयले हेर्ने गरेको छ ।
यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय गुणादीमा छ । पश्चिम खण्ड निर्माणका लागि रू सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ ।
यस योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !