
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ ।
नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणाअनुसार गाउँपालिकाको केन्द्रसमेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो । सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि मौवाफाँटमा जग्गा व्यवस्थापनसहित आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पालिकाभित्रका बहुसङ्ख्यक नागरिकलाई पायक पर्ने गरी गाउँपालिकाको केन्द्र रहेकै स्थानमा अस्पताल निर्माण गर्ने निर्णय भएको छ ।
कूल रु १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माणमा चालू आवका लागि रु ८५ लाख बजेट प्राप्त भएको छ । यसअघि सङ्घीय सरकारमार्फत रघुगङ्गा–१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापन गरी अस्पताल निर्माण गर्ने योजना स्वीकृत भएको थियो । तर यसैवर्षदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत बेग स्वास्थ्य चौकीको पुनःनिर्माणको काम अघि बढेको कारण एकै स्थानमा एकै प्रकारका दुई योजना अघि बढाउनु उपयुक्त नभएको सो स्थान अधिकांश वडाको लागि अपायक पर्ने भएकाले अस्पताललाई गाउँपालिकाको केन्द्रमा निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।
‘‘एक स्थानीय तहमा एक मात्रै अस्पताल बन्ने मापदण्ड रहेछ, बेगमा अस्पताल हुँदा गाउँपालिकाका बहुसङ्ख्यकलाई अपायक पर्ने देखियो, त्यसैले अस्पताल केन्द्रमा बनाउँदा उपयुक्त हुन्छ, बेगको स्वास्थ्य चौकी पनि पुनःनिर्माणको काम अघि बढेको छ, त्यहाँका जनताले पनि सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउँछन्’’, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो । गाउँपालिकाले यसअघि वडा नम्बर १ को बाँदुकमा समेत स्वास्थ्य एकाइ स्थापना गरिसकेको छ । बेगखोलामा स्वास्थ्य चौकी पुनःनिर्माणका लागि रु एक करोड ३५ लाख बजेटबाट पुनःनिर्माण प्राधिकरणमार्फत काम अघि बढेको गाउँपालिकाले जनाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी