
१धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
२धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
३बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
६पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
७नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
८‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
९सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
१०रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
११नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
काठमाडौँ, २५ चैत । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।
सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो ।
नियमित योगदान गर्ने योगदानकर्ताले कोशी र मधेसका नौ/नौ, बागमतीका २०, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन् ।
गत फागुन १ गते यता देशभरका विभिन्न १५ अस्पतालसँग अनलाइन सम्झौता भएको कोषले जनाएको छ । सम्झौता भएका अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेक कोषमा सूचीकृत कुनै पनि अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने उहाँले बताउनुभयो । आगामी दिनमा अस्पतालको आबद्धतालाई सङ्ख्यात्मक र गुणात्मकरुपमा बढाउँदै लैजाने कोषको प्रतिबद्धता छ ।
कोषले योगदानकर्तालाई औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना गरी चार प्रकारका सुविधा उपलब्ध गराउँदै आएको छ । -रासस
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ